काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई समयअनुकूल आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ।
मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा धारणा राख्दै उहाँले आधुनिक युगमा पुरानै शैलीबाट राज्य सञ्चालन र लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन कठिन हुने बताउनुभयो।
सांसद ढुंगानाले डा. सुब्बाले प्रस्तुत गर्नुभएको कार्ययोजना र अवधारणाको प्रशंसा गर्दै आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
देशमा गरिबी र अशिक्षाको अवस्था रहे पनि प्रविधि अपनाउन नसकिने भन्ने धारणा सही नभएको उल्लेख गर्दै उहाँले निर्वाचनमा प्रविधिको प्रयोगबारे जनमानसमा रहेका भ्रम हटाउन आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, "मतदान प्रक्रियाका बारेमा जनतालाई भ्रममा पार्ने गलत भाष्यलाई आधुनिक प्रविधिमार्फत नै निरुत्साहित गर्नुपर्छ। यदि प्रविधिमा भनिएजस्तो धाँधली हुने भए अन्य देशका शक्तिशाली नेताहरूले सधैँ प्रविधिकै दुरुपयोग गरेर चुनाव जितिरहने थिए।"
सांसद ढुंगानाले प्रविधिमैत्री निर्वाचन प्रणाली कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधार तयार गर्न सरकारलाई सुझाव दिनुभयो। उहाँले हाल विद्यमान राजनीतिक दलसम्बन्धी ऐन, मतदाता नामावली ऐनलगायतका कानुनहरू पर्याप्त नरहेको उल्लेख गर्दै प्रविधिको विकाससँग मेल खाने गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले प्रस्तावित निर्वाचन आयुक्तको कार्ययोजनालाई व्यवहारमा कार्यान्वयन गर्न तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रविधिमैत्री बनाउन सरकारले आवश्यक नीति, कानुन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।







टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा
इरान-ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७
प्रधानमन्त्री बालेनलाई मनीष झाको जवाफ
ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि