विद्यार्थीहरू गुरु रूपी लौरो टेकेर जिन्दगीको भवसागर तर्छन्
गुरु रूपी लौरो समातेरै सगरमाथाको शिखर चुम्छन् ।।
अनि उज्यालो भविष्यको सपना बुन्छन्
पजल रूपी संसारमा बाटो देखेको महसुस गर्छन् ।।
तिर्खाएको प्राणी र पानीको जस्तो सम्बन्ध हुन्छ
गुरु र विद्यार्थीको त्यस्तै सम्बन्ध हुन्छ ।।
आँखा र हेराइको जस्तो मित्रता हुन्छ
गुरु र विद्यार्थीको त्यस्तै मित्रता हुन्छ ।।
जसरी आकाश बिना चन्द्र र सूर्य रहन सक्दैन
त्यसैगरी गुरु बिना विद्यार्थी र विद्यार्थी बिना गुरु रहन सक्दैन ।।
अनेकौ प्रविधी र तरिका अपनाएर हराएको सम्पत्ति भेटिएला
तर गुरु र विद्यार्थी बिना ज्ञानको पूर्ण संसार कही भेटिँदैन ।।
आज गुरु र विद्यार्थीको अभावमा
वेद र पुराणहरू एक्ला भएका छन् ।
त्रीपिटक र मुन्धुमहरू कतै हराइरहेछन् ।।
नैतिक शिक्षा र नीति शास्त्र गुरु र विद्यार्थी खोजिरहेछन्
आयुर्वेद र झारफुक अपांग जस्तै बनिरहेछन् ।।
जबसम्म गुरु र विद्यार्थी रहिरहन्छन
तबसम्म हाम्रो सभ्यता र संस्कृति बाचिरहन्छ ।।
हाम्रा डाडा पाखा हासिरहन्छन
देवी देउराली र संसारीमाईको पूजा पनि भइरहन्छ ।।
तर मलाइ आज धेरै डर लागिरहेछ ।
हाम्रो सभ्यता र संस्कृति पढ्नुपर्ने गुरु र विद्यार्थी दुबैलाई
चिल गाडीले ओसारिरहेछ ।
हाम्रा अमूल्य निधिहरू हराउँदै गइरहेछन् ।।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :