जीवन भण्डारीको परिचय अहिले केबल पत्रकारका रूपमा सीमित छैन । उनी पत्रकार हुन्, शिक्षक हुन्, अध्येता हुन्, अभ्यासकर्ता हुन् र नयाँ प्रविधिलाई समाजसँग जोड्ने अभियानकर्मी पनि हुन् । तर, पछिल्लो समय उनको परिचयमा अर्को एउटा शब्द थपिएको छ, ‘एआई गुरु’ ।
यो उपनाम उनले आफैंले रोजेका होइनन् । एआईसम्बन्धी प्रशिक्षणमा सहभागी पत्रकारहरूले दिएको नाम हो । कसैले ‘एआई विज्ञ’ भन्छन्, कसैले ‘एआई जीवन’, कसैले ‘एआई गुरु’ त कसैले ‘एआई प्रशिक्षक’ । भण्डारी भने आफूलाई यीमध्ये कुनै उपाधिभन्दा पनि ‘एआई अभ्यासकर्ता र अध्येता’ भन्न रुचाउँछन् । सायद यही विनम्रताले उनको एआई यात्राको वास्तविक कथा देखाउँछ । किनकि उनी एआईका बारेमा केबल बोलिरहेका छैनन्, त्यसलाई निरन्तर प्रयोग गरिरहेका छन् । सिकिरहेका छन् । सिकाइरहेका छन् । परीक्षण गरिरहेका छन् । र, पत्रकारितामा यसको जिम्मेवार प्रयोग कसरी गर्न सकिन्छ भनेर बहससमेत चलाइरहेका छन् ।
एआईको विषयमा यति धेरै जिज्ञासा छ कि छोटो तालिमले सहभागीको कौतुहलता त जगाउँछ, तर जिज्ञासा मेटाउन सक्दैन । एआई सिकाउने उनको उद्देश्य केवल ‘कुन बटन थिच्ने’ भनेर सिकाउनु होइन । उनी पत्रकारलाई एआईसँग प्रश्न गर्न, त्यसको उत्तरमाथि शंका गर्न, तथ्य जाँच गर्न र अन्ततः मानव विवेकबाट निर्णय गर्न सिकाउन चाहन्छन् ।
२०८१ साल पुस १५ गते सप्तरीको राजविराजबाट पत्रकारहरूलाई एआईसम्बन्धी प्रशिक्षण दिने उनको औपचारिक अभियानले गति लियो । त्यसपछि यो यात्रा एउटा जिल्ला वा एउटा प्रदेशमा रोकिएन । आमसञ्चार प्राधिकरण, मधेस प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरूको सहकार्यमा सञ्चालित तालिममा भण्डारी मधेस प्रदेशका सबै जिल्लामा पुगे । लगातार दुई वर्षसम्म उनले प्रदेशका आठै जिल्लामा पत्रकारलाई एआईसम्बन्धी प्रशिक्षण दिए । त्यो यात्रा अहिले झण्डै ४० जिल्लासम्म फैलिएको छ । हालसम्म ४५ भन्दा बढी एआईसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा सहभागी भइसकेका भण्डारीले दुई हजारभन्दा बढी पत्रकारसहित पत्रकार, प्रहरी, शिक्षक, विद्यार्थी र स्थानीय सरकारसँग सम्बन्धित व्यक्तिसमेत गरी २३ सयभन्दा बढीलाई एआईसम्बन्धी ज्ञान र प्रयोगका विषयमा प्रशिक्षण दिइसकेका छन् ।
कहिलेकाहीँ एउटै कक्षामा पत्रकारितामा भर्खर पाइला टेकेका युवा र लेटर प्रेसको युगमा पत्रकारिता सुरु गरेका अनुभवी पत्रकार आमनेसामने हुन्छन् । एकातिर मोबाइलमा एआई एप खोलेर पहिलोपटक प्रयोग गरिरहेका पत्रकार हुन्छन्, अर्कोतिर दशकौंदेखि समाचारको कापी र कलमसँगै हिँडेका पत्रकार । तर, एआईको कक्षामा पुगेपछि उनीहरू सबै एउटै विद्यार्थी हुन्छन् । भण्डारीका लागि यही दृश्य सबैभन्दा रोचक हुन्छ ।
उनले सञ्चालन गर्ने तालिम एक दिनदेखि चार दिनसम्मका भएक छन् । सिराहामा भएको एउटा प्रशिक्षणमा ९० जना पत्रकार सहभागी भए । ललितपुरमा पत्रकारका लागि दुईवटा र विद्यार्थीका लागि अर्को एक गरी तीनवटा प्रशिक्षणमा ८०-८० जनाको सहभागिता रह्यो । अन्य तालिममा पनि औसत ५० जना सहभागी हुनेगरेका छन् । तालिम सकिएपछि सहभागीहरूबाट आउने प्रतिक्रिया प्रायः उस्तै हुन्छ, ‘समय बितेको पत्तै भएन ।’ ‘तालिम अझै लामो हुनुपर्थ्यो ।’ ‘तुरुन्तै अर्को तालिम चाहियो ।’
एआईको विषयमा यति धेरै जिज्ञासा छ कि छोटो तालिमले सहभागीको कौतुहलता त जगाउँछ, तर जिज्ञासा मेटाउन सक्दैन । एआई सिकाउने उनको उद्देश्य केवल ‘कुन बटन थिच्ने’ भनेर सिकाउनु होइन । उनी पत्रकारलाई एआईसँग प्रश्न गर्न, त्यसको उत्तरमाथि शंका गर्न, तथ्य जाँच गर्न र अन्ततः मानव विवेकबाट निर्णय गर्न सिकाउन चाहन्छन् । आज धेरैले उनलाई एआईका प्रशिक्षकका रूपमा चिन्छन् । तर उनको एआई यात्रा तालिमबाट सुरु भएको होइन । उनले एआईसम्बन्धी प्रशिक्षण दिन सुरु गर्नुभन्दा झण्डै एक वर्षअघिदेखि नै यसको अभ्यास थालेका थिए । केही औपचारिक तालिममा सहभागी भए । धेरै कुरा आफैं पढे । परीक्षण गरे । असफल भए । फेरि प्रयोग गरे । नयाँ टुल खोजे । पुराना अभ्यासलाई नयाँ तरिकाले दोहोर्याए । उनको सिकाइको मूल आधार थियो, स्वअध्ययन र स्वअभ्यास ।
भण्डारीको एआई यात्रा केवल तालिम कक्षामा सीमित छैन । उनले नेपाली सञ्चारमाध्यममा एआईको प्रयोगात्मक अभ्यासलाई पनि सुरुदेखि नै महत्त्व दिए । २०८० माघ २४ गते ‘समय अनलाइन टिभी’ मा एआई प्रस्तोतामार्फत नेपाली भाषामा समाचार प्रसारण गर्ने अभ्यास भयो । यो नेपाली सञ्चार क्षेत्रमा एआई प्रयोगको प्रारम्भिक र महत्त्व पूर्ण अभ्यासका रूपमा उनको यात्रासँग जोडिन्छ । तर, उनी यत्तिमै रोकिएनन् । एआईको प्रयोगसँगै यसको जिम्मेवारी र नैतिकताको प्रश्न पनि उठ्छ भन्ने उनको बुझाइ थियो । त्यसैले प्रयोगसँगै नीतिगत बहस आवश्यक देखे । नेपाली मिडियामा पहिलोपटक नेपाली रेडियो नेटवर्कमा २०८१ फागुन १ गते एआई नीति जारी गर्ने काममा उनले नेतृत्व गरे । त्यसपछि २०८२ साउन ५ गते अनलाइन टिभी पत्रकार संघमार्फत नेपालकै पहिलो एआई आचारसंहिता पनि उनकै नेतृत्वमा जारी भयो । एआईलाई प्रयोग गर्ने तर त्यसको जिम्मेवारीबाट नभाग्ने भण्डारीको दृष्टिकोण यही हो ।
उनको एआई अभियान पत्रकारलाइ प्रशिक्षण दिनुमा मात्र सीमित छैन । प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमले आयोजना गरेको सम्पादकहरूसँगको एआईसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उनले नेपालका प्रमुख सञ्चारमाध्यमका ५० भन्दा बढी सम्पादकहरूसँग एआईका विषयमा प्रस्तुति दिएका छन् । भण्डारीको जोड हुन्छ, प्रविधिलाई रोक्ने होइन, जिम्मेवार बनाउने ।
भण्डारीको एआई अभियान पत्रकारसम्म मात्र पुगेको छैन । उनी नियमित अध्यापनमा पनि संलग्न छन् । सरस्वती बहुमुखी क्याम्पस र सेफर्ड कलेजमा अध्यापन गराउने क्रममा उनले ५० भन्दा बढी विद्यार्थीलाई एआईको प्रयोग र सम्भावनाबारे सिकाइसकेका छन् । पत्रकारिताको विद्यार्थीले समाचार लेख्न एआई कसरी प्रयोग गर्नेहरू अनुसन्धान कसरी गर्ने तथ्य जाँचमा कसरी सहयोग लिनेरु फोटो, अडियो र भिडियो निर्माणमा यसको उपयोग कसरी गर्ने र सबैभन्दा महत्त्व पूर्ण एआई प्रयोग गर्दा पत्रकारिताको नैतिकता कसरी जोगाउनेरु यी प्रश्नहरू उनको अध्यापन र प्रशिक्षणका मुख्य विषय हुन् । कहिलेकाहीँ तालिममा सहभागीहरू उनलाई ‘एआई गुरु’ भनेर सम्बोधन गर्छन् । तर उनी आफूलाई ‘एआई गुरु’ भन्दा ‘एआई अभ्यासकर्ता र अध्येता’ भन्न रुचाउँछन् ।







नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,