काठमाडौं । घुससहित पक्राउ परेका कर्मचारीहरूको संख्या बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ । चालकदेखि भेटेरिनरी चिकित्सकसम्मका कर्मचारीलाई हिरासतमा राखेर आयोगले अनुसन्धान अघि बढाइरहेको छ ।
अख्तियारकाअनुसार हाल हिरासतमा १४ जना रहेका छन्, जसमध्ये दुई जना महिला छन् । हिरासत क्षमता भरिएपछि केही पक्राउ परेकालाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । केहीलाई भने हाजिरी जमानीमा छाडेर अनुसन्धान जारी राखिएको छ ।
पछिल्लो समय अख्तियारले सञ्चालन गरेको स्टिङ अपरेसनका क्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेपछि हिरासतमा चाप बढेको हो ।
अख्तियारका एक अधिकारीकाअनुसार पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष सुरु हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानीको चाप बढ्ने भएकाले घुस माग्ने प्रवृत्ति पनि बढ्ने गरेको छ । भुक्तानी रोक्दै सेवाग्राहीसँग बार्गेनिङ गर्ने कर्मचारीविरुद्ध उजुरी परेपछि अख्तियारले कारबाही तीव्र बनाएको जनाएको छ ।
हाल हिरासतमा रहेका १४ जनामध्ये १२ जना सरकारी कर्मचारी र दुई जना सर्वसाधारण रहेको अख्तियारले जनाएको छ । आयोगले सबै घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.