काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरी विरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार चौधरीले २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको अवधिमा आर्जन गरेको आय-व्ययको विश्लेषण गर्दा वैध आम्दानीभन्दा उल्लेख्य बढी खर्च तथा लगानी गरेको भेटिएको हो ।
अनुसन्धानबाट चौधरी र उनको एकाघर परिवारको वैध आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा रहेको देखिएको छ । तर सोही अवधिमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा बराबरको खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ ।
यसरी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै अख्तियारले उक्त रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअन्तर्गत कैद, जरिवाना तथा अवैध सम्पत्ति जफतको मागदाबी गरेको छ ।
आयोगले चौधरीले वास्तविक सम्पत्ति विवरण लुकाई झुटा विवरण पेश गरेको आरोपसमेत लगाएको छ।
यस्तै, चौधरीकी श्रीमती अपर्णा कुमारीलाई पनि चौधरीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट खरिद तथा कायम गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी