काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। अब संवैधानिक प्रक्रिया पूरा भएपछि उहाँ प्रमुख निर्वाचन आयुक्तका रूपमा नियुक्त हुने बाटो खुलेको छ।
त्यसैगरी, निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
समितिको अनुमोदनसँगै तीनै जनाको नियुक्तिका लागि आवश्यक संवैधानिक प्रक्रिया अघि बढ्नेछ।







मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी
नेपाल गुणस्तर परिषद्को बैठक :