काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिबारे कोशी र मधेस प्रदेशका सांसदहरुसँग छलफल गरिरहनुभएको छ ।
सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आज सभापति लामिछानेले प्रतिनिधिसभामा कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद जारी राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
सभापति लामिछानेले जिल्ला फर्किएर जनतासँग संवाद गर्न तथा जिल्ला जिल्लामा सद्भाव कायम गर्ने विषयमा पहल गर्न सांसदहरुलाई निर्देशन दिनुभएको रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीले जानकारी दिनुभयो ।
सांसद चौधरीकाअनुसार सभापति लामिछानेले वर्तमान परिस्थितिमा जनतामाझ पुगेर सद्भाव कायम गर्ने विषयमा काम गर्न सांसदहरूलाई यसअघि नै निर्देशन दिनुभएको हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर