काठमाडाैं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ ।
ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ । राहदानी लिनका लागि लामवद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ ।
सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ । यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आईतवार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।
घर-घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामवद्ध नागरिकहरुलाई समयमै राहदानी समेत दिन नसकेको भन्दै नागरिकहरुले सरकारको विरोध गरिरहेका छन् ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु