काठमाडौँ । कुबेतमा भएको आक्रमणमा परी निधन भएका तेह्रथुमका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालयका अनुसार उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी तामाङको निधन भएको थियो। उहाँको पार्थिव शरीर कुबेत एयरवेजमार्फत आज स्वदेश ल्याउन लागिएको हो।
घटनाप्रति परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
कुबेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी तामाङको पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया पूरा गरेको मन्त्रालयले जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर