महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको छतबाट हाम फाल्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार बिएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका बेदकोट नगरपालिका–४ निवासी २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कार्कीले विश्वविद्यालयको व्यवस्थापन सङ्कायको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
महाकाली प्रादेशिक अस्पतालले थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरेपछि त्यहाँ उपचारका क्रममा कार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा