काठमाडौं । यही साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा प्रेम, धोका, विछोड तथा त्यसपछि आउने जीवन संघर्षलाई दुई प्रेमिल जोडीको कथामार्फत प्रस्तुत गरिएको छ । चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा र श्रीकृष्ण निरौला-मेनुका माझी मुख्य भूमिकामा हुनुहुन्छ ।
निर्देशक राजबहादुर सानेका अनुसार चलचित्रले प्रेम सम्बन्धमा आउने चुनौती र जीवनका विभिन्न उतारचढावलाई मुख्य विषयवस्तु बनाएको छ । चलचित्रमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, विशाल पहारी, सिपी पौडेल, आरआर खड्कालगायत कलाकारको पनि अभिनय छ ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुनुहुनछ भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहनुभएको छ ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु