काठमाडौं । एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका ५० जना व्यक्तित्वलाई सम्मान गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम-२०८३’मा चलचित्र, स्वास्थ्य, शिक्षा, पत्रकारिता, गीतसंगीत, व्यवसाय, पर्यटन, सौन्दर्यलगायत क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मान प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष गोपाल ढकाल (छन्दे)को सभापतित्वमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, कृष्ण मल्ल, मिथिला शर्मा, रविन्द्र खड्का, मोहन निरौला, उत्तम केसीलगायत चलचित्र तथा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
यसै वर्षबाट सुरु गरिएको ‘दीर्घसाधना सम्मान’ ३३ हजार ३३३ रुपैयाँसहित वरिष्ठ चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी)लाई प्रदान गरिएको थियो । कार्यक्रममा सुभाषप्रसाद गजुरेल, कल्याणी रिमाल, कृष्णप्रसाद ढुंगाना, आरपी पन्त, पुष्कर शाह, प्राडा.मिनु चौधरी, शान्तिप्रिय, धीरेन शाक्य, किशोर घिमिरे, श्याम स्मृत, बनिश शाह, तिलकध्वज कट्टेल, प्रेरणा शर्मा, मोनिका दाहाल, जनक खड्का, जेबी डिसीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व पनि सम्मानित हुनुभएको थियो ।
सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा महिला नौमती बाजा समूह, गायक कृष्ण भट्टराई तथा विभिन्न कलाकारले प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा गायक सरोज कोइरालाले गर्नुभएको थियो ।







फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु