काठमाडौं । लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ लोकार्पण गरिएको छ । बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, आख्यानकार वसन्त बस्नेत, संस्कृतिकर्मी नानीहेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन पाण्डे र कवि रूपक अलंकारले संयुक्त रूपमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।
लोकार्पणपछि वक्ताहरूले उपन्यासले राणाकालदेखि पञ्चायतकालसम्म बौद्ध समुदायमाथि भएको दमन, काठमाडौंको इतिहास, नेवारी संस्कृति र बौद्ध दर्शनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । उनीहरूले ‘तेजस्’लाई काठमाडौंको भूगोल, सम्पदा र सांस्कृतिक इतिहास बुझ्न सहयोगी तथा पठनीय कृतिका रूपमा टिप्पणी गरे ।
लेखक अधिकारीले बौद्ध भिक्षुहरूको देशनिकालाको इतिहास, नेवारी समुदायको जीवनशैली तथा संस्कृतिसम्बन्धी अध्ययनका आधारमा इतिहास, मिथक र सामाजिक यथार्थलाई समेटेर उपन्यास तयार गरेको जानकारी गराउनुभयो । शिखा बुक्सद्वारा प्रकाशित ७२५ रुपैयाँ मूल्यको उक्त उपन्यास हाल बजारमा उपलब्ध छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर