काठमाडौं । प्रसिद्ध साहित्यकार तथा शिक्षाविद् विष्णुप्रसाद पन्तको कविताकृति ‘सृजनापुञ्ज’ लोकार्पण भएको छ । सुकेधारास्थित क्वीन प्यालेसमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक भएको हो । साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा प्राडा.दीनेशराज पन्त प्रमुख अतिथि रहनुभएको थियो । ‘गुणनिधि तथा धनलक्ष्मी पन्त स्मृति प्रतिष्ठान’ आयोजक रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरूबाट गुणनिधि तथा धनलक्ष्मीको फोटोमा माल्यार्पण गर्दै पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अन्यबाट सामूहिक रूपमा पुस्तकको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा चन्द्रप्रसाद पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो । लोकार्पित पुस्तकमाथि डा.शैलेन्दुप्रकाश नेपाल तथा गोपी मैनालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । डा.विष्णु खत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त, युवराज मैनाली, हरिभक्त सिग्देल ‘महेश’ तथा प्रा.पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा चण्डिराज नेपाललगायतले पन्तको कवितासंग्रहभित्रका केही कविताहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा कवि पन्तले पनि आफ्नो लेखकीय मन्तव्य राख्नुभएको थियो । कविता सिर्जना गर्दा तथा ती सिर्जनाहरूलाई यस रूपमा संग्रहमा समेट्दाका अनुभवहरू उहाँले सुनाउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा.पन्तले केही शाश्त्रीय काव्यिक दृष्टान्त दिँदै कवि विष्णु पन्त र लोकार्पित कृतिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । प्रा.पुरुषोत्तम दाहालले यसरी लोकार्पण हुने पुस्तकहरूको बृहत् समीक्षा नगरी स्रोतामा जिज्ञासा पैदा गराउँदा जिज्ञासाले पठन संस्कृतिको विकास हुने विचार व्यक्त गर्नुभयो । स्राष्टाहरूले आफ्नो साधना छोड्नु हुँदैन भन्दै उहाँले साधनालाई निरन्तरता दिनु स्राष्टाको कर्तव्य पनि हो भन्नुभयो । कार्यक्रमको अन्त्यमा सभापति प्रयागराज वाशिष्ठले बजारशास्त्रबाट उदाएर लेखनमा अगाडि बढ्नुभएका व्यक्तित्व विष्णु पन्त छन्द साधनामा समेत सक्रिय हुनु प्रशंसनीय कार्य हो भन्नुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर