इतिहास
भारतको आधुनिक इतिहास त्यति लामो छैन । भारतीय स्वतन्त्र संग्रामपश्चात सन् १९४७ मा भारत ब्रिटिश उपनिवेशबाट मुक्त भई स्वतन्त्र मुलुक कहलिएको थियो । भास्को डि गामाले १४९८ मा भारत देश पत्ता लगाएका थिए । यो भन्दा अगाबै पनि कयौं मानिसहरूको बसोवास र विभिन्न सभ्यता यस देशमा स्थापित भइसकेका थिए । मूलभूत रूपमा भारतलाई तीन कालखण्डमा विभाजित गरिएको छ प्राचीनकाल, मध्यकाल र आधुनिककाल ।
प्राचीनकालमा सिन्धुघाटी सभ्यतादेखि गुप्तकालसम्मको समय अवधिलाई लिने गरिन्छ । यस कालमा मौर्य वंशको विशेष भूमिकालाई भारतीय इतिहासका कैयौं दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । गुप्त साम्राज्यको बेला गणित साहित्य कला जस्ता क्षेत्रमा भारतले असाधारण विकास गरेको हुँदा यसलाई स्वर्णकाल पनि भन्ने गरिन्छ । चन्द्रगुप्त मौर्यको उदय अथवा सम्राट अशोकले बुद्ध धर्मको प्रचार मौर्यकालमा गरेको भारतीय इतिहासका लेखोटहरूले स्पष्ट दर्शाउँछ । मध्यकाल विशेषगरी मुगलहरूको शासन भएको कालखण्ड मानिन्छ । राजा अकबरको शासन यही समय कालखण्डमा प्रारम्भ भएको थियो । ताजमहल, लालकिल्ला जस्ता भौतिक पूर्वाधारका ऐतिहासिक कार्यहरू यही मुगलकालमा निर्माण भएका थिए । भारतको प्राचीनकालमा तक्षशिला, नालन्दा, विक्रमशिला र वल्लभी विश्वविद्यालय स्थापित भइसकेका थिए ।
विश्वमा ख्याति प्राप्त गरेका भारत-चीन जस्ता मुलुकहरू वास्तवमा हामीजस्ता स-साना मुलुकका लागि सुरक्षा कबज बन्न सक्नुपर्दछ । अन्तर्निहित स्वार्थहरूलाई त्यागी एशिया केन्द्रित राजनीतिमा भारतले एसियाका कैयौं मुलुकसँग सहकार्य एकता गर्दै भू-राजनीति, भू-जटिलता र वैश्विक प्रभावसँग सामना गर्ने छिमेक सहकार्य नीतिलाई आत्मसात गर्नुपर्दछ ।
त्यसकारण शिक्षाको दृष्टिकोणबाट पनि भारत अन्य देशको तुलनामा अघि नै थियो । ब्रिटिश साम्राज्यको पतनसँगै भारत १९४७ मा आजाद हुन पुग्यो । सन् १९४७ को आजादीलाई स्वतन्त्रता संग्रामको उपलब्धि मान्ने गरेको पाइन्छ । महात्मा गान्धी, जवाहरलाल नेहरू, सुभाषचन्द्र बोसजस्ता सयौं नेताहरूले विखण्डित भारतलाई अखण्ड भारतको मूर्तरूप दिन सफल भएका थिए । यसै कालखण्डलाई आधुनिक भारतको रूपमा लिने गरिन्छ ।
प्राचीन र मध्यकालमा अनेकौं आरोह र अवरोह पारगर्दै आएको भारत आधुनिक कालसँगै नयाँ चुनौती र संघर्षबाट गुज्रिन बाध्य भयो । बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक जनसांख्यिक बनोट भएको भारतमा स्वतन्त्रताको आजादी आन्दोलन पश्चात् सन् १९४७ कै पेरिफेरीमा मोहम्मद अलि जिन्नाको नेतृत्वमा भारतबाट अलगिएर छुट्टै देश पाकिस्तानको जन्म हुन गयो । अलगै देशको मात्र जन्म भएन सम्बन्धमा शत्रुताको भाव उत्पन्न गर्यो ।
वर्तमान समय
सन् १९४७ देखि २०२६ सम्मको समयावधि नै वास्तवमा वर्तमान समयको मानक हो । आजादी प्राप्तसँगै भारतले अम्बेडकरको नेतृत्वमा संविधान निर्माण गर्यो । सर्वप्रथम भारतले लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई संविधानमार्फत सुनिश्चित गर्यो । लोकतान्त्रिक गणतन्त्रका प्रथम राष्ट्रपति डा.राजेन्द्रप्रसाद राष्ट्रपति हुन गए भने प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू हुनगए । संविधानमा मौलिक अधिकारलाई विशेष प्राथमिकता दियो । विधिको शासन, कानुनी राज्यका मूल्य र मान्यता संविधानमै उल्लेख भए । लोकतन्त्र समाजवाद र गणतन्त्रात्मक व्यवस्थाको समिश्रणले संविधानलाई एकताको सूत्राधार निर्माण गर्यो ।
धर्मनिरपेक्ष जस्ता विषयवस्तु यस संविधानमा समेटिन गए । संविधान संशोधन, संसदीय व्यवस्था, केन्द्र र स्टेटबीचको अधिकारको बाँडफाँड जस्ता आधारभूत कुराहरू संविधानले समेट्यो । एक अर्थमा भन्ने हो भने नेपालको संविधान र भारतको संविधानमा सैद्धान्तिक रूपमा तात्विक भिन्नता देखिँदैन । भारतले निर्माण गरेको यो संविधान सबैभन्दा लामो संविधानको रूपमा विश्वभर प्रख्यात छ । जवाहरलाल नेहरू पश्चात लालबहादुर शास्त्री प्रधानमन्त्री हुन गए । जय जवान जय किसानको नारा लालबहादुर शास्त्रीले सुरुवात गरेको किसान पक्षपोषण गर्ने नारा थियो । त्यसपश्चात केही समय गुल्जारीलाल नन्दाले कार्यभाग प्रधानमन्त्री सम्हालेका थिए तत्पश्चात भारतीय राजनीतिमा लामो समयसम्म गान्धि परिवारको नेतृत्वमा राजनीति हावी भएको थियो ।
इन्दिरा गान्धी प्रधानमन्त्री भएपछि हरित क्रान्तिको उदय, बैंकहरूको राष्ट्रियकरण, गरिबी हटाओ अभियान जस्ता चर्चित कार्यहरूको थालनी भयो । सोही कार्यकालमा इण्डिया पाकिस्तानको द्वन्द्व पनि मच्छियो । सत्ताको रजगजमा एकांकीपन, एकल निर्णय, आन्तरिक राजनीतिमा विचलन जस्ता गतिविधिले इन्दिरा गान्धीको सत्ता ढल्न पुग्यो । पछि उनको हत्या गरियो । राजीव गान्धीको सत्ता पनि लामो समय टिक्न सकेन । अन्ततः राजीव गान्धीको पनि विमान दुर्घटनामा मृत्यु हुनपुग्यो । यसलाई कतिले रहस्यमय मृत्युको संज्ञा दिएका छन् । सन् २००४ मा अटल बिहारी बाज्पेको सरकार निर्माण भयो । महँगी बेरोजगारी जस्ता विषयका कारण अटल बिहारी बाजपेयीको पनि सरकार गिर्न पुग्यो ।
बाजपेयी अघि केही प्रधानमन्त्रीहरूले सरकार चलाइसकेका थिए । मनमोहन सिंहको पालामा भने अर्थनीतिमा ठूलो जग सरकारले बसाउन सफल भयो । भनिन्छ आजको भारतको परिवर्तन मनमोहन सिंहले बसाएको जगको परिणाम हो । सोनिया गान्धीलाई विदेशी नागरिक भनेर विरोध सिर्जना भएपछि मनमोहन सिंहले प्रधानमन्त्रीको कुर्ची पाउन सफल भएका थिए । सन् २०१३ देखि भारतीय जनता पार्टी नेतृत्वको दलले एकछत्र राज गरिरहेको छ । २०१४ मा प्रधानमन्त्रीमा नरेन्द्र मोदी स्थापित भएदेखि सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनको सन्दर्भमा भारत विश्वसामु परिचित भएको छ । बेटी पढाओ बेटी बचाउ जस्ता लोकप्रिय नाराहरू मोदी सरकारमा देखिन्छन् ।
जो यस टी करको सुरुवात बिजेपी सरकारले गरेको थियो । आर्थिक सूचांक र आर्थिक व्यवस्थापनलाई मध्यनजर गर्दै भारतीय रुपैयाँमा डिमोनिटाइजेसन लागू गरेका थिए । अर्थतन्त्रको विकासका लागि उनले जनधन योजना लागू गरेका थिए । जसले बैंकमा खाता सञ्चालन गर्ने र बैंकमार्फत कारोबार गर्ने प्रणालीको विस्तार गरेका थिए । स्वच्छ भारत अभियान लागू गर्दै सरसफाइ वातावरण र पर्यावरणका लागि उनले योजना अघि सारेका थिए । आयुषमान भारत योजना होस् वा डिजिटल अभियान, कोभिड व्यवस्थापन, चन्द्रयान-३को स्पेसमा अवतरणलगायत दर्जनौं लोकप्रिय कार्यालय नरेन्द्र मोदी सत्तामा टिकिरहन सफल भए । यसले नरेन्द्र मोदीको वा बीजेपी पार्टीको मात्र भलो गरेन बरू यसले समग्र भारतको विकास र सामाजिक परिवर्तनलाई रूपान्तरणको बिम्बको रूपमा प्रकट गर्यो ।
धारा ३७० हटाउनेदेखि जी-२० शिखर सम्मेलनको आयोजनासमेत भारतमा गर्न सफल भएका थिए । वर्षौंदेखिको विवादित काण्ड राम मन्दिरको विषयलाई टुंगोमा पुर्याउन सफल भए । आज भारत अर्थतन्त्रको हिसाबले विश्वको चौथो अर्थतन्त्रको रूपमा परिभाषित भएको छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा केही समयअघिसम्म सन्तुलित सम्बन्ध स्थापित गरेका नरेन्द्र मोदी वर्तमान अवस्थामा भने जटिल भूराजनीतिसँग संघर्ष गरिरहेका छन् ।
वर्तमान परिस्थिति र भविष्यको संकट
विश्व राजनीतिमा अनेकौं उतारचढाव भइरहेका छन् । श्रीलंका, बंगलादेश, नेपाल त नजिकका उदाहरणमात्र हुन् । बहुधुर्वीय विश्वको लडाइँमा शक्ति संघर्षका लागि अनेकौं शक्ति अभ्यासरत छन् जसमध्ये भारतलाई शक्ति राष्ट्रको रूपमा परिचित गराउन खोजिरहेको छ । नरेन्द्र मोदीले सुरक्षा परिषद्को स्थायी सदस्य भारतलाई बनाउन मिहिनेत गरिरहेका छन् । तर, विश्वमा शक्ति होडबाजीका नाममा चलिरहेको मन्द युद्धले भारतको बदलिँदो राजनीतिक परिस्थितिलाई चुनौती दिइरहेको छ । रूससँगको ऐतिहासिक व्यापार सम्बन्ध एकातर्फ छ भने अर्कोतर्फ संसारको सुपरपावर देश अमेरिकासँग आफ्नै प्रकारको सम्बन्ध भारतले स्थापित गरेको छ । तर, मध्यपूर्वमा देखिएका पछिल्ला संकटहरूले भारतमाथि चुनौती थपिरहेका छन् ।
आन्तरिक समस्या एकातर्फ छँदैछन् भने अर्कोतर्फ वैदेशिक अन्तरसंघर्षहरूको प्रभाव भारतमा पनि देखिन खोजिरहेको छ । हालैमात्र सडकमा आन्दोलन गरिरहेको अभिषेक दिप्केले नेतृत्व गरिरहेको कक्रोज नामक पार्टीले भारतमा विभिन्न आन्दोलन मच्चाइरहेको छ । पाकिस्तान र चीनसँगको विगतका युद्धहरू र बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा शरण दिनुले अन्तर्राष्ट्रियस्तरमा भारतले शत्रुता कमाइरहेको छ । अर्कोतर्फ लामो समयदेखि शरणमा बसेका दलाई लामाको उपस्थितिले छिमेकी राष्ट्र चीनसँग वर्षौंदेखि मतभिन्नताहरू झन् तिख्खर हुँदै गएका छन् । बेरोजगारिता र युवा वर्गको उचित व्यवस्थापन सबैभन्दा ठूलो समस्या भारतका लागि बन्दै आएको छ ।
विश्व राजनीतिमा अनेकौं उतारचढाव भइरहेका छन् । श्रीलंका, बंगलादेश, नेपाल त नजिकका उदाहरणमात्र हुन् । बहुधुर्वीय विश्वको लडाइँमा शक्ति संघर्षका लागि अनेकौं शक्तिहरू अभ्यासरत छन् जसमध्ये भारतलाई शक्ति राष्ट्रको रूपमा परिचित गराउन खोजिरहेको छ । नरेन्द्र मोदीले सुरक्षा परिषद्को स्थायी सदस्य भारतलाई बनाउन मिहिनेत गरिरहेका छन् ।
कम्युनिष्टमुक्त भारत घोषणा गरेका मोदीले वामपन्थी आन्दोलनलाई त मिल्क्याउन सफल भए तर विश्वमा प्रविधिले ल्याएको नवयुवामैत्री आन्दोलनलाई कसरी व्यवस्थापन गर्न सक्लान् भन्ने चुनौती विश्वले समीक्षा गरिरहेको छ । सुरक्षाका दृष्टिकोणले भारत अब्बल र सक्षम छ तर विश्वका घटनाहरू कसरी भइरहेका छन् भन्ने बुझेन भने सुरक्षा वा सक्षमताले मात्र केही अर्थ राख्ने छैन । भारतका सात सिक्स्टर राज्यहरू यसै पनि सदियौंदेखि दिल्लीको नजरमा कमजोर कडीका रूपमा परिभाषित छन् । नर्थ इष्ट तिरको चिकन नेक र सिलगुढी कोरिडोर समस्या उत्तिकै भयपूर्ण देखिन्छ । जातीय र धार्मिक समूहका विवादहरू दिनप्रतिदिन मौलाउँदै गइरहेका छन् । किसान आन्दोलनलगायत आन्दोलनहरूलाई सरकारले रोक्न सफल भए पनि किसानका समस्याहरू भने हल हुनसकेका छैनन् ।
सामाजिक अपराधका शृंखला दिनहुँ बढिरहेका छन् । तथापि सरकारले कडा कारबाहीका नियम-कानुन निर्माण गरे तापनि प्रतिपक्षहरूलाई विरोधको मसला बन्न गएको छ । संसदीय रूपरेखा हेर्दा यतिबेला बीजेपीको सिंगल मेजोरिटीको सरकार नभएर कोलुजन गोभर्मेन्टको रूपमा हेर्ने गरिएको छ । बारम्बार सत्ताका विरुद्धमा देखिएका भारतका सडकहरूका आवाजहरू एक दिन विष्फोट भयो भने त्यसलाई सम्हाल्न गाह्रो पर्नेछ । तसर्थ बेलैमा सुरक्षाका कबजहरू सुसुप्त रूपमा तयार गर्न जरुरी छ । आन्दोलन गरिरहेका आन्दोलन शक्तिहरूसँग वार्ता र संवादबाट समस्या समाधानतर्फ केन्द्रित हुन जरुरी छ । संसारभर डिप स्टेट र डार्क रेजिमिष्टहरूले विभिन्न तानाबाना बुनिरहेका छन् । भारत कम्तीमा यसको चपेटामा नपरोस् । भाइगिरी र भाइबादबाट माथि उठेर छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध स्थापित गर्दै वैश्विक राजनीतिका दूषित किरणबाट जोगिन भारतले सूक्ष्म बहस र सुरक्षाका कवजहरू निर्माण गर्न जरुरी छ ।
चीन र बंगलादेशसँगको पनि सम्बन्धमा दरार पैदा भइरहेको छ । अमेरिका र रूसको सम्बन्धमा पनि भारतको प्रष्ट भूमिका के हो भन्ने बुझिएको छैन । आन्तरिक, बाह्य र ग्लोबल टेडेन्सीको रूपमा आउने कुनै पनि प्रभावले भारतको राजनीतिलाई संकटमा पुर्याउँदैन भन्ने नजरन्दाज गर्न सकिँदैन । तसर्थ भारतीय समाजको राजनीतिक तथा आर्थिक गतिविधिलाई प्राचीनकालदेखि आजसम्मको अवस्थामा हेर्दै गर्दा भारतले थुप्रै चुनौतीहरू सामना गर्दै आएको देखिन्छ ।
द एज अफ रिभोलुसन र द एज अफ इन्फरमेसन को यो युगमा भारत चनाखो हुन जरुरी छ । एशिया केन्द्रित भइरहेको पोलिटिकल वेब लाई रोक्न सक्नु नै भारतको सुरक्षा रणनीति हुन सक्नुपर्दछ । स-साना विवाद होस् या स-साना आन्दोलन वार्ता र संवादबाट किनारा लगाउँदै फरक विचार र फरक मतलाई सम्मान गर्ने वातावरण मोदी सरकारले गर्न जरुरी छ । विश्वमा ख्याति प्राप्त गरेका भारत-चीन जस्ता मुलुक वास्तवमा हामी जस्ता स-साना मुलुकका लागि सुरक्षा कबज बन्न सक्नुपर्दछ । अन्तर्निहित स्वार्थहरूलाई त्यागी एशिया केन्द्रित राजनीतिमा भारतले एसियाका कैयौं मुलुकसँग सहकार्य एकता गर्दै भू-राजनीति, भू-जटिलता र वैश्विक प्रभावसँग सामना गर्ने छिमेक सहकार्य नीतिलाई आत्मसात गर्नुपर्दछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर