बाजुरा । बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर बिरामी परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराकाअनुसार बडिमालिका नगरपालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको विषालु च्याउ सेवनपछि उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो ।
घटनामा उनकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी भएकी छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
थापा दम्पतीले विषालु च्याउ सेवन गरेपछि स्वास्थ्यमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल पुर्याइए पनि रामे थापाको ज्यान जोगाउन नसकिएको हो ।
वर्षायाममा जंगलबाट संकलन गरिएका अपरिचित वा विषालु च्याउ सेवन गर्दा सावधानी अपनाउनु पर्दछ । असावधानीबस विषालु च्याउ खाँदा वर्षेनी धेरै मानिसहरु विरामी पर्ने र केहीकाे अकालमा मृत्यु समेत हुने गरेकाे छ ।






प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा