काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरीको कप्तानगञ्ज र सिरहामा सर्वसाधारणको ज्यान जाने गरी भएका घटनाको स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको हो ।
कप्तानगञ्जमा गत आइतबार भएको घटनामा घटनास्थलमै एक जनाको मृत्यु भएको र उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो । त्यसैगरी, सिरहाको गोलबजारमा बिहीबार भएको झडपमा थप एक जनाको मृत्यु भएको भन्दै एमालेले दुवै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गरेको हो ।
सांसद बरालले चार जनाको ज्यान गएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्रीले लिनुपर्ने मागसमेत गर्नुभयो ।
बैठक सुरु भएलगत्तै उहाँले घटनाको वास्तविक कारण पहिचान गर्न स्वतन्त्र नागरिक समिति गठन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाउन स्वतन्त्र नागरिक समिति बनाउनुपर्छ र त्यस घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री दुवैले लिनुपर्छ । अन्यथा पीडितहरूले न्याय पाउने छैनन् ।”
सांसद बरालले घटनाको निष्पक्ष छानबिनमार्फत दोषी पहिचान गरी कारबाही गर्न तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको
मध्यपुर थिमिले विकास निर्माणलाई प्राथमिकता
भन्सार छलेर ल्याइएका सामानसहित चार
गंगा गौतम आचार्य र सन्तोष