काठमाडौं । नेपालका चार जना खेलाडीले थाइल्याण्डमा भएको नवौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चार पदक जितेका छन् । थाइल्याण्डको पटाया सिटीमा सम्पन्न च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले समान दुई रजत र कांस्य पदक जितेको नेपाली टोलीकी प्रशिक्षक मुना खवास मगरले जानकारी गराउनुभयो ।
राकेश सापकोटा र आरोन श्रेष्ठले रजत तथा शिरिषा खनाल र केल्साङ दाहालले फरक विधामा सफलता पाउनुभएको हो । राकेशले १८ वर्षमाथि उमेर समूहको स्पिड किक विधामा रजत पदक जित्नुभयो । यही उमेर समूहमा नै स्पिड किकमा शिरिषाले नेपाललाई कांस्य पदक दिलाउनुभयो ।
केल्साङले क्योरोगी १२-१४ वर्ष उमेर समूहमा सफलता पाउनुभएको हो । ४७ केजीमुनिमा उहाँले कांस्य पदक जित्नुभयो । आरोनले ९-१० वर्ष उमेर समूहको स्पिड किक विधामा नै उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्नुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर