काठमाडौं । नेपाल भलिबल संघले चालु आर्थिक वर्षमा विभिन्न १९ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघद्वारा मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, फ्रेन्चाइज लिग, प्रशिक्षण तथा विकास कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइएको हो । संघको वार्षिक क्यालेण्डरअनुसार काभाका तीन र एउटा त्रिदेशीय गरी चार अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरिनेछ ।
त्यसैगरी, वार्षिक कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ भने १०औँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप काठमाडौंमा हुनेछ । साथै ११औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग आयोजना गरिने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
यस्तै सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल, यू-१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल, एभरेष्ट महिला फ्रेन्चाइज लिग (इभिएल) तथा एनभिएल पुरुष नेपाल भलिबल लिग वार्षिक कार्यक्रममा समावेश छन् । एनभिएल पुरुष लिग काठमाडौंमा आगामी भदौमा आयोजना हुने अध्यक्ष चन्दले बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ नेपाली महिला टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्समा काभा बिच भलिबल टुर तथा काभा यू–१६ भलिबल च्याम्पियनसिप हुनेछ ।
यू-१८ अन्तरविद्यालय भलिबल प्रतियोगिता, राष्ट्रिय रेफ्री तथा रिफ्रेसर कोर्स, कोचेज कोर्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेल र थ्री नेसन्स कप आयोजना गरिने अध्यक्ष चन्दले बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर