काठमाडौं । सीमा संरक्षण तथा नेपाली साहित्यमा योगदान पुर्याउनुभएएका वरिष्ठ स्रष्टा तथा राष्ट्रसेवी गोपाल कोइराला ‘त्यागी’को ‘एउटा अथक योद्धा गोपाल कोइराला ‘त्यागी’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । सो अवसरमा उहाँलाई सम्मान तथा अभिनन्दन पनि गरिएको थियो ।
बानेश्वर सर्जक समाजसहित ११ साहित्यिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वसचिव डा.द्वारिकानाथ ढुंगेल, इतिहासविद् प्राडा.सुरेन्द्र केसी, डा.हरि सिलवाल, गोपी मैनालीलगायतले कोइरालाको सीमा संरक्षण अभियान र साहित्यिक योगदानको प्रशंसा गर्नुभएको थियो । वक्ताहरूले उहाँको योगदानलाई राष्ट्रका लागि प्रेरणादायी भएको बताउनुभएको थियो । कृतिको सम्पादन महेश प्रसाईं र तेजेन्द्र प्रसाईंले गर्नुभएको हो ।
८७औं जन्मोत्सव महिनाको अवसरमा आयोजित कार्यक्रममा सम्मानित कोइरालाले सम्मानप्रति आभार व्यक्त गर्दै आफू अझै सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गजल वाचन र गीत प्रस्तुतिका साथै विभिन्न साहित्यकार तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर