काठमाडाैं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकार जनसरोकारका मुद्दा र संसदीय प्रक्रियाप्रति गैरजिम्मेवार बनेको आरोप लगाउनुभएको छ ।
मङ्गलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र सार्वजनिक सेवा प्रवाहमा देखिएको कमजोरीप्रति आलोचना गर्नुभएको हो । सांसद राईले मुलुकमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको अभाव र चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको उल्लेख गर्दै सरकार यसप्रति संवेदनशील नभएको बताउनु भयो ।
संसदको कामकारबाहीका विषयमा टिप्पणी गर्दै राईले सरकारले संसदलाई पर्याप्त बिजनेस दिन नसकेको र संसदीय अभ्यासलाई उपेक्षा गरेको बताउनु भयो । पूर्वी नेपालमा देखिएको साम्प्रदायिक संवेदनशीलता र सुरक्षा चुनौतीका विषयमा सरकारले संसदलाई औपचारिक जानकारी नगराएकोमा समेत उहाँले आपत्ति जनाउनु भयो । सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको हैसियतले आफूले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरेको बताउँदै उहाँले शान्ति सुरक्षाको अवस्थाबारे जवाफ दिन गृहमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनता ग्यासका लागि लामवद्ध हुनुपर्ने अवस्था छ, तर सरकारले यस समस्याको समाधानका निम्ति कुनै ठोस पहल गरेको छैन । सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा आफ्ना वाचा र प्रतिवद्धताबाट विमुख देखिएको छ । सदन लगातार चल्नुपर्नेमा सरकारले काम दिन सकेको छैन । सरकार दिशाहीन र ढुलमुल अवस्थामा छ ।’
सरकार आफैँ जिम्मेवार नभए प्रमुख प्रतिपक्षी दलको तर्फबाट सदनमा सशक्त आवाज उठाउने उहाँको चेतावनी छ ।







ढोरपाटनमा पर्यटकको ओइरो : एक
दलित समुदायका थर सूचीकरण गर्नुअघि
एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई
अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि
ग्यासको कालोबजारी आरोपमा दुवाकोटका व्यापारी
२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा