काठमाडौं । जिनियस डिजिटल म्युजिक प्रा.लि.तथा जिनियस डान्स एण्ड म्युजिक स्कुलको आयोजनामा भइरहेको राष्ट्रिय बाल प्रतिभा प्रतियोगिता ‘किड्स जिनियस स्टार अफ नेपाल’को वर्कसप राउण्ड सम्पन्न भएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नृत्य तथा गायनतर्फका प्रतियोगीहरूलाई अनुभवी प्रशिक्षकहरूले स्टेज प्रस्तुति, अभिव्यक्ति, आत्मविश्वास, स्वर साधना र प्रस्तुति परिष्करणसम्बन्धी प्रशिक्षण दिएका थिए ।
जिनियस डाण्स एण्ड म्युजिक स्कुलका अध्यक्ष टेक लामा छिरिङले सभापतित्व गर्नुभएको कार्यक्रमको संयोजक नृत्य निर्देशक तथा मोडल कृष्ण रसाल र सह-संयोजक नृत्य निर्देशक अनिल महर्जन रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गायक रमेश पाठकले गर्नुभएको थियो ।
आयोजकका अनुसार कार्यशालाले प्रतियोगीलाई आगामी मेगा राउण्डको तयारीमा सहयोग पुर्याएको छ । प्रतियोगिताको मेगा राउण्ड साउन २३ गते बिहान ११ बजे काठमाडौंको सितापाइलास्थित निर्भाना एकेडेमीमा आयोजना हुने जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर