काठमाडौं । नेपाली अभिनेत्री अदिती बुढाथोकी अभिनित हिन्दी म्युजिक भिडियो ‘फरिश्ता’ सार्वजनिक भएको छ । भिडियोमा अदितीले बलिउड अभिनेता जहिर इकबालसँग अभिनय गर्नुभएको छ । जहिर अभिनेत्री सोनाक्षी सिन्हाका पति हुनुहुन्छ ।
गायक कमल खानको स्वर रहेको ‘फरिश्ता’ गीतको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ । निर्देशक फरहाद साम्जीको निर्देशनमा तयार भएको भिडियोमा समुद्री तटका मनमोहक दृश्यबीच जहिर र अदितीको प्रेमिल सम्बन्ध तथा आकर्षक केमेस्ट्रीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
अदिती नेपाली चलचित्र ‘कृ’ र ‘बाबरी’बाट दर्शकमाझ परिचित हुनुहुन्छ । पछिल्ला वर्षहरूमा उहाँ हिन्दी संगीत भिडियो तथा अन्य भारतीय परियोजनामार्फत सक्रिय रहँदै आउनुभएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर