काठमाडौं । चलचित्र ‘कमला मिस’को प्रिमियरमा प्रशंसा भएको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्रको काठमाडौंस्थित जय नेपाल हलमा सोमबार प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीले चलचित्रको विषयवस्तु, प्रस्तुति र सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए ।
बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले जीवनमा भोग्नुपरेका संघर्षलाई मार्मिक र प्रभावकारी ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया थियो ।
दर्शकका अनुसार चलचित्रले पारिवारिक सम्बन्ध, शिक्षा, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई भावनात्मक रूपमा चित्रण गरेको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बरबाद होस्’बाट प्रेरित यस चलचित्रलाई साहित्य, समाज र शिक्षालाई चलचित्रमार्फत जोड्ने अर्थपूर्ण प्रयासका रूपमा समेत हेरिएको छ ।
प्रिमियर कार्यक्रममा प्याब्सन र एनप्याब्सनका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, चलचित्रकर्मी तथा समाजका प्रतिष्ठित व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले ‘कमला मिस’ मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका थिए ।
विशेष विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले बालमनोविज्ञान, शिक्षक-विद्यार्थीबीचको आत्मीय सम्बन्ध र अभिभावकको भूमिकालाई चलचित्रले अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको उल्लेख गर्दै हरेक शिक्षक, अभिभावक र विद्यार्थीले एकपटक अवश्य हेर्नुपर्ने चलचित्र भएको बताएका थिए । वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा तयार भएको चलचित्रले अधिकांश दर्शकलाई भावुक बनाउनुका साथै जीवनका महत्त्वपूर्ण पक्षबारे गम्भीर रूपमा सोच्न बाध्य बनाएको प्रतिक्रिया पनि प्रिमियरमा सुनिएको थियो ।
चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुवेदी (भोला), सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारद्वारा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहनुभएको छ भने पुष्कर लामा (प्रेम बोम्जन)लाइन प्रोड्युसर हुनुहुन्छ । चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्तरूपमा तयार पार्नुएको हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर