काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो निर्देशनमा बन्ने चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिनुभएको छ । चलचित्रको छायांकन बाजुरा जिल्लास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका मन्दिरबाट सुरु गरिने भएको हो ।
झरनाले बडीमालिकालाई नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक गौरव र पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्त्वपूर्ण धरोहरका रूपमा बताउनुभएको छ । यस्तो ऐतिहासिक तथा धार्मिकस्थलबाट सिनेमाको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उहाँले बताउनुभएको छ ।
उहाँले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यले चलचित्र निर्माण गरिने उल्लेख गर्नुभएको छ । चलचित्रको छायांकन सञ्जय लामाले गर्नुहुनेछ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुनुहुन्छ । चलचित्रमा अनमोल केसी र सुहाना थापाले मुख्य भूमिका निर्वाह गर्नुहुनेछ । यसअघि उहाँहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा पनि सहकार्य गर्नुभएको थियो ।
‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करण व्यावसायिक रूपमा सफल मानिन्छन् । पहिलो संस्करणको निर्देशन स्वर्गीय शिव रेग्मीले गर्नुभएको थियो भने दोस्रो संस्करणदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर