काठमाडौं । प्रतिक्षा थापाले प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगितामा सहभागी हुन उहाँ बिहीबार म्यानमार प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
विश्वका विभिन्न देशका विवाहित महिलाहरूबीच हुने उक्त प्रतियोगितामा प्रतिक्षाले नेपालको संस्कृति, परम्परा, सौन्दर्य, आत्मविश्वास तथा महिला सशक्तीकरणको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुहुनेछ ।
प्रतियोगिताको तयारीका लागि उहाँले लामो समयदेखि रनवे प्रशिक्षण, व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, फिटनेस, स्टाइलिङ तथा फोटोसुटलगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रशिक्षण पूरा गर्नुभएको छ । आयोजकका अनुसार उहाँ प्रतियोगितामा आत्मविश्वासका साथ नेपालको प्रतिनिधित्व गर्न पूर्णरूपमा तयार हुनुहुन्छ ।
प्रतिक्षाले आफूलाई केवल एक प्रतियोगीका रूपमा नभई नेपाली महिलाको साहस, क्षमता र दृढ संकल्पको प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने बताउनुभएको छ ।प्रतियोगिताका क्रममा उहाँले नेपालको राष्ट्रिय झण्डा, मौलिक संस्कृति, कला तथा नेपाली महिलाको क्षमता विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने जनाइएको छ ।
उहाँको सहभागिताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थितिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । साथै, उमेरभन्दा आत्मविश्वास, लगनशीलता र निरन्तर प्रयास नै सफलताको आधार हुने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
प्रतियोगिताका लागि म्यानमार प्रस्थान गर्न लाग्नुभएकी प्रतिक्षालाई उहाँका परिवार, शुभेच्छुक, हाउस अफ फेशन नेपाल पेजेन्ट समुदाय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सफलताको शुभकामना दिएका छन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर