काठमाडौं । नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले नेपाल चलचित्र कलाकार संघसँगको सहकार्यमा ज्येष्ठ कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल परिसरमा रहेको नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रमा मंगलबारदेखि सुरु भएको कार्यक्रममा ६० वर्षभन्दा माथिका चलचित्र कलाकारलाई डिमेन्सिया तथा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइने भएको हो ।
उद्घाटन सत्रको प्रमुख अतिथिमा बोर्डका अध्यक्ष दिनेश डिसी रहनुभएको थियो भने कार्यक्रम संयोजकमा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्का रहनुभएको थियो । कार्यक्रममा डा.जगदीशकुमार क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो धन्यवाद मन्तव्य संघका अध्यक्ष उत्तम केसीले राख्नुभएको थियो ।
कार्यक्रममा संघका पधाधिकारी उपाध्यक्ष पुजना प्रधान महाचिव सुनिल कटुवाल सचिव गोपाल ढकाल सदस्य लब्ली संगम राई, जीवन थापा, कलाकार दावा फिन्जो तामाङ पूर्वसचिव रामेश्वर बुर्लाकोटीलगायतको उपतिस्थति रहेको थियो ।
मंगलबारको परिक्षण कार्यक्रमा बोर्डका अध्यक्ष दिनेश डिसी, नायक कृष्ण मल्ल, नायिका शर्मिला, अभिनेता आरपी पन्त, बद्री पुडासैनी, कमल मैनाली, जयन्त रेग्मी, सिवहरि बैरागी राजु शाहीलगायतको स्वास्थ्य परिक्षण भएको संघका अध्यक्ष केसीले जानकारी गराउनुभयो ।
नेपाल जेरियाट्रिक्स सेन्टर र नेपाल चलचित्र कलाकार संघको संयुक्त पहलमा सञ्चालन गरिएको यो कार्यक्रम नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको अभियानअन्तर्गत आयोजना गरिएको हो । स्वास्थ्य परीक्षण सेवा साउन २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सेवा लिन नेपाल चलचित्र कलाकार संघको आधिकारिक परिचयपत्र वा सिफारिशपत्र अनिवार्य हुने व्यवस्था गरिएको अध्यक्ष केसीले जानकारी गराउनुभयो । साथै, परीक्षणका लागि जानुअघि स्वास्थ्य केन्द्रबाट पूर्वसमय (अपोइन्टमेन्ट) लिनुपर्ने आयोजकले जनाएको छ । नेपालमै पहिलोपटक स्थापना गरिएको नेपाल जेरियाट्रिक्स सेन्टरका निर्देशक डा.जगदीशकुमार क्षेत्रीले ज्येष्ठ नागरिकलाई एकीकृत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ केन्द्र सञ्चालन गरिएको बताउनुभयो ।
चीनबाट एमबीबीएसदेखि पीएचडीसम्मको अध्ययन पूरा गर्नुभएका डा.क्षेत्रीले फ्रान्स र अमेरिकाका विभिन्न अस्पतालमा फेलोसिप, उपचार सेवा तथा अध्यापनको अनुभव हासिल गर्नुभएको छ । उहाँ जेरियाट्रिक्स (ज्येष्ठ नागरिक स्वास्थ्य) विषयमा विद्यावारिधि गर्ने हालसम्मका एकमात्र नेपाली चिकित्सक मानिनुहुन्छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर