काठमाडौं । पाकिस्तानस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत सम्पूर्ण आरोहीको सम्झनामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको थियो । सहभागीहरूले उनीहरूको साहस, समर्पण तथा पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पुर्जाको निधनले नेपाली पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन् ।
केही दिनअघि पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा पुर्जासहित अन्य आरोही बेपत्ता भएका थिए । खोज तथा उद्धार प्रयासपछि उनीहरूको निधन भएको पुष्टि भएपछि नेपाली पर्वतारोहण क्षेत्रसहित देशभर शोक व्यक्त गरिएको छ ।
















समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर