काठमाडौँ । कमिसन घटाउन तथा उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्।
स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले बुधबार कुपण्डोलस्थित इन्ड्राइभको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।
चालकहरूले इन्ड्राइभले लिने कमिसन बढी भएको र यात्रुबाट लिइने भाडा दर कम भएको गुनासो गरेका छन्। उनीहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
त्यस्तै, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर्’ लगायतका नारासहित चालकहरूले आफ्नो माग सम्बोधन गर्न कम्पनीसँग आग्रह गरेका छन्।
फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत चालकहरूले पुरानै भाडा दरका आधारमा कमिसनका रूपमा तिर्नुपरेको छ।
चालकहरूले कमिसन घटाउन, यात्रु तथा चालक दुवैलाई न्याय हुने गरी भाडा दर निर्धारण गर्न र आफूहरूको श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर