काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य रञ्जित कर्णले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
बुधबार काठमाडौंको सुकेधारामा आयोजित ‘देश र कांग्रेस जोड्ने अभियान : एकता र सद्भाव विमर्श’ कार्यक्रममा सम्बोधन गर्दै नेता कर्णले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता समेत कमजोर हुने इतिहासले देखाएको बताउनुभयो ।
उहाँले पछिल्लो संसदीय निर्वाचनमा कांग्रेस ठूलो दल बन्न नसकेको र वर्तमान सरकारको पाँच महिनाको कार्यशैलीले लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थालेको दाबी गर्नुभयो । यस्तो अवस्थामा कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो ।
पार्टी सुदृढीकरणका लागि सुरु गरिएको अभियानलाई सुकेधारामा मात्र सीमित नराखी पार्टीको केन्द्रीय कार्यालय सानेपा, चुन्देवी हुँदै गाउँ–गाउँमा रहेका भुइँतहका कार्यकर्ता तथा किसानसम्म पुर्याउने उहाँले बताउनुभयो ।
नेता कर्णले अभियानलाई मेचीदेखि महाकालीसम्म विस्तार गर्ने घोषणा गर्दै लाखौँ शुभेच्छुक तथा क्रियाशील सदस्यको दबाब र शुभेच्छाले पार्टीलाई एकीकृत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आज हामी नेपाली कांग्रेसलाई एकढिक्का बनाउने संकल्पका साथ यहाँ भेला भएका छौँ । इतिहासले देखाएको छ, नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर भएका छन् ।”
विभिन्न गुट तथा उपगुटमा रहेका पार्टीका अग्रज नेताहरूलाई एकताको सन्देश आत्मसात् गर्न आग्रह गर्दै कर्णले अभियानले कार्यकर्तामा नयाँ ऊर्जा र विश्वास पैदा गर्ने बताउनुभयो ।
इतिहासबाट शिक्षा लिँदै वर्तमान राजनीतिक परिस्थितिलाई आत्मसात् गरेर पार्टीको उज्ज्वल भविष्यका लागि गम्भीर संकल्पका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर