आलोचानात्मक चेतबारे हाम्रा विचार र व्यवहारमा केही गलत धारणा छन् । प्रशंसा गर्नुलाई हामी सकारात्मक मान्छौं भने आलोचना गर्नुलाई नकारात्मक । आलोचना गर्दा कतिपय मानिस आफूले मन नपराउने व्यक्तिलाई होच्याउन अपमानजनक शब्दको प्रयोग गर्छन् । उनीहरू आलोचनासँग डराउँछन् किनभने आफ्नो प्रतिष्ठाविपरीत ठान्छन् । आलोचनालाई एउटा यस्तो कलंकका रूपमा लिन्छन् जसले इज्जतमा आँच पुर्याउँछ । आलोचनाको पात्रहरूले यसलाई नकारात्मक रूपमा लिन्छन्, तर्कहीन तरिकाले प्रतिवाद गर्छन् र कहिलेकाहीँ त बदलासमेत लिन खोज्छन् ।
कुनै एक अन्तर्निहित कारणले मानिसहरू अरूका विचारको एकपक्षीय नकारात्मक आलोचनाको धारिलो ‘छुरी’ प्रयोग गर्छन् । कतिपय मानिसले त आलोचना गर्नकै लागि मात्र वाक-कलाको विकास गर्छन् । यो सम्बन्धित व्यक्तिको भावनामा चोट नपुर्याई आलोचना गर्ने एक अप्रत्यक्ष तरिका हो । हिजोआज यस्ता वाककलाको दुरुपयोग भएर यसको अर्थ विकृत हुनथालेको छ । नेपाली राजनीतिक समूह र तिनका कार्यकर्ताहरूमा यस्तो नकारात्मल प्रवृत्ति हुर्कँदै आएको छ ।
मानिसमा आलोचनात्मक सोच नहुनुका धेरै उदाहरण छन् । जब अरस्तुले भने महिलाहरूको दाँत पुरुषहरूको तुलनामा कम हुन्छ, आममानिसले आफ्नै पत्नीहरूको दाँत गनेर पनि उक्त कथनलाई प्रमाणित नगरी उनको कुरामा थपक्क विश्वास गरे । धेरै मानिसहरूले पछिसम्म विश्वास गर्थे पृथ्वी चेप्टो छ तर जब ग्यालिलियोले टेलिस्कोप पत्ता लगाए अनि उनले पृथ्वी गोलो देख्न सके । त्यसैगरी धर्मका अन्धा अनुयायीहरूले धार्मिक सिद्धान्तलाई संदेहविनै पूरा पालना गर्छन् । अल्पज्ञानी मानिसहरूले २० वर्षको वैज्ञानिक अनुसन्धानपछि चार्ल्स डार्विनले लेखेको द ओरिजिन अफ स्पिसिजमा लेखेको कुराको पनि विरोध गरे । हामीले धेरै मानिसहरूलाई जादूगरी र बोक्सीविद्यामा अभ्यास गरिरहेको देखेका छौं जुन कुनै वैज्ञानिक आधारमा स्थापित छैन ।
यस्तो नकारात्मक आलोचनात्मक प्रवृत्ति मुख्यतः अशिक्षित मानिसमाझ हुन्छ तर विकसित समाजमा यो प्रवृत्ति बारम्बार देखा पर्ने गर्छ । मकालीन नेपाली राजनीतिमा एक दल वा गुटका राजनीतिकर्मीहरूले अर्का दल वा गुटका राजनीतिककर्मीलाई होच्याउन अपमानजनक शब्दहरू प्रयोग गरेको देख्न सकिन्छ ।
जड कारण
कुनै वस्तु, घटना र व्यक्तिहरूबारे धारणा बनाउने वा तिनको लेखाजोखा गर्ने काम सजिलो छैन । अधिकांश मानिसहरूको बाल्यकालदेखि वस्तु, घटना र व्यक्तिलाइ हेर्ने एउटा दृष्टिबिन्दु तयार भएको हुन्छ । यसो हुनु धेरै हदसम्म स्वाभाविक पनि छकिनभने कुनै पनि मानिसका आँखा मुहारको अग्रभागमा हुन्छन् त्यसैले दायाँबायाँका कुरा राम्रोसँग नदेख्ने हुन्छन् र पश्च भागका कुरा त झन् देख्दै नदेख्ने हुन्छन् ।
अर्को कुरा धेरै मानिसमा जीवन-जगतबारे अल्प ज्ञान हुन्छ र उमेरजन्य हिसाबले अल्प अनुभव हुन्छ । त्यसो त परिवार, विद्यालय, विश्वविद्यालय, साथी संगतलगायतको वातावरणले उसको ज्ञान, बुद्धि र विवेकको दायरा र बुझेको तह फरक नै हुन्छ ।
अझ अर्को कुरा मानिस आधारभूत रूपमा नै संवेगात्मक प्राणी हो । सबैभन्दा खतरनाक संकेत समुदायको संवेगात्मक आक्रोश हो जसले भिडभाड जम्मा गर्न झिल्कोको काम गर्छ र ध्वंशात्मक गतिविधिलाई जन्म दिन्छ । त्यो बेला आफूसँग भएको अलिकति बुद्धि र विवेक पनि गुमाउँछ र खतरनाक विध्वंशमा उत्रन्छ । इतिहासका धेरै कालखण्डमा त्यसो भएको छ र नेपाल त्यसको अछुतो रहेको छैन । विगत भदौ २३ र २४ गतेका दूर्भाग्यपूर्ण घटना र त्यसपछिका अराजनीतिक चरित्रका व्यक्तिकेन्द्रित अस्वस्थ आलोचना उदाहारण हुन् ।
मानिसहरू विवेकद्वारा निर्देशित नभई सम्वेगातामक भावनाबाट प्रेरित भए भने उनीहरू तर्कहीन बन्न पुग्छन् । निष्पक्ष बहसले सही निष्कर्षमा पुर्याउँछ भने पक्षपाती आलोचनाले यस प्रक्रियालाई उल्ट्याइदिन्छ । व्यक्तिले विषयवस्तुको वस्तुनिष्ठ विश्लेषण गर्नुको साटो सम्बन्धित व्यक्तिमाथि नै दोष वा कमी–कमजोरी खोज्दै उनीहरूको अपमान गर्दछ । विभिन्न स्थान र संस्कृतिमा पुस्ताौंदेखि यस्तो हुँदै आएको छ ।
कुनै एक अन्तर्निहित कारणले मानिसहरू अरूका विचारको एकपक्षीय नकारात्मक आलोचनाको धारिलो ‘छुरी’ प्रयोग गर्छन् । कतिपय मानिसले त आलोचना गर्नकै लागि मात्र वाक-कलाको विकास गर्छन् । यो सम्बन्धित व्यक्तिको भावनामा चोट नपुर्याई आलोचना गर्ने एक अप्रत्यक्ष तरिका हो । हिजोआज यस्ता वाककलाको दुरुपयोग भएर यसको अर्थ विकृत हुनथालेको छ । नेपाली राजनीतिक समूह र तिनका कार्यकर्ताहरूमा यस्तो नकारात्मल प्रवृत्ति हुर्कँदै आएको छ । त्यसो त प्रतिपक्षी दलका मानिसले पनि संयमित भएर स्वस्थ आलोचना गर्नुपर्ने हो तर कथम् त्यस्तो भइहाले सत्ता पक्षका मानिस बढी विनयी, संयमी र जिम्मेवार हुनुपर्नेमा त्यसको ठीक उल्टो सत्ता पक्षका नेता र कार्यकर्ताहरूले सामाजिक सञ्जालमा असहिष्णु र असंवेदनशील टीकाटिप्पणी गर्नु नकारात्मक आलोचनाका प्रष्ट उदाहरण हुन् ।
विचार मन्थनका लागि स्वस्थ आलोचना त्यत्ति नै आवश्यक हुन्छ, जति प्याजका लागि चक्कु । जसरी प्याजलाई चक्कुले काटेपछि मात्र खानयोग्य बनाउन सकिन्छ, त्यसरी नै विचारलाई पनि आलोचनाको कसीमा घोटेर तिखारेपछि मात्र उपयोगी बनाउन सकिन्छ । खुला हृदयले र कुनै कुटिल उद्देश्य नराखी गरिने आलोचना वाञ्छनीय हुन्छ । यस अर्थमा आलोचनात्मक हुनु सुरक्षित छ ।
सम्भावित जोखिम
व्यावहारिक जीवनमा चक्कु उपयोगी भए तापनि त्यसलाई कुशलतापूर्वक प्रयोग नगर्दा त्यही चक्कु खतरनाक साबित हुनसक्छ । जसरी सावधानीपूर्वक प्रयोग गर्दा बिजुली एउटा उपयोगी साधन बन्नसक्छ, तर लापरबाहीपूर्वक चलाउँदा यो खतरनाक शत्रुमा परिणत हुनसक्छ, त्यसैगरी, आणविक शक्ति जीवनका लागि उपयोगी हुनसक्छ, तर यसले क्षणभरमै सम्पूर्ण मानव सभ्यतालाई ध्वस्त पार्नसक्छ । एकाग्रताका साथ निशाना लगाइयो भने बाणले लक्ष्य भेट्न सक्छ, तर बाटो बिरायो भने, त्यो लक्ष्यभन्दा बाहिर जान्छ वा उल्टो आफैंलाई हानि पुर्याउनसक्छ । यसको एउटा अत्यन्त विनाशकारी उदाहरण जापानको नागासाकी र हिरोसिमामा देख्न पाइन्छ, जहाँ आणविक बमहरूले सुन्दर मानव सभ्यतामाथि नै प्रहार गरेका थिए । यस अर्थमा स्वस्था आलोचनात्मक दृष्टिकोण नअपनाएर एकपक्षीय सतही टिप्पणी गर्नु व्यक्तिगत र सामजिक दुवै जीवनमा खतरनाक हुनसक्छ ।
वास्तवमा आलोचनात्मक हुनु एउटा सकारात्मक गुण हो जसले आफ्ना गल्तीहरू सच्याउन मद्धत गर्छ । तर्क र विवेकका साथ अरूको आलोचना गर्नु वाञ्छनीय कुरा हो । आलोचनात्मक नहुनु जीवनको कुनै न कुनै मोडमा खतरनाक साबित हुनसक्छ । अन्धविश्वास वा अवैज्ञानिक मान्यताहरूलाई आँखा चिम्लेर पछ्याउँदा विकसित हुने गलत चेतनाका कारण धेरै मानिसले दुःख पाएको देखेका छौं । आलोचनात्मक नहुँदा नदेखिने खालको खतरा सतहमा देखिँदैन तर यसको भित्री तहमा लुकेको हुन्छ ।
दोहोर्याइरहनु नपर्ला नेपालका सत्ताधारी दलका विभिन्न तहका नेता तथा कार्यकर्ता साँचो अर्थका आलोचनात्मक देखिँदैनन् । उनीहरू कुनै कुराको गहिराइमा नपुगी आफ्ना गुटगत नेताहरूले भनेका कुरा अक्षरशः पछ्याइरहेका हुन्छन्, चाहे ती जतिसुकै गलत किन नहुन् । बरू मान्छे हेरी मन नपरेका मानिसको एकपक्षीय नकारात्मक आलोचना गर्छन् । कतिपय अवस्थामा त उनीहरूका तर्कहरू नै त्रुटिपूर्ण र हास्यास्पद हुन्छन् । हाल सत्ता पक्षका मानिसले सामाजिक सञ्जालमा प्रयोग गरेको अराजनीतिक चरित्रका अशिष्ट शैलीको भाषा हेर्दा सामाजिक जीवनमा पर्ने प्रभावको अतिरिक्त अन्ततः उनीहरूकै राजनीति जोखिममा पर्नसक्ने प्रबल खतरा देखिन्छ ।
विचार विकासक्रमको इतिहास मानव सभ्यताका भौतिक पक्षहरूको विकासक्रम जस्तै प्रयोग, परिणाम र अनुभवजन्य निष्कर्षमा आधारित छ । जति धेरै तर्क र विवेकका साथ कुनै विषयमाथि छलफल गरिन्छ, त्यति नै उत्कृष्ट समाधान निस्किन्छ । पर्याप्त आलोचना र छलफलबाट निस्किएका प्रगतिशील विचारले उन्नत समाजको विकासमा योगदान पुर्याएका छन् भने अन्धविश्वासमा आधारित रुढीवादी विचारहरूले समाजलाई पछाडि धकेलेका छन् । यस अर्थमा विषयवस्तुलाई जीवन्त राख्न र जीवनोपयोगी बनाउन स्वस्थ आलोचना अपरिहार्य छ भन्ने कुरा स्पष्ट हुन्छ ।
विचार मन्थनका लागि स्वस्थ आलोचना त्यत्ति नै आवश्यक हुन्छ, जति प्याजका लागि चक्कु । जसरी प्याजलाई चक्कुले काटेपछि मात्र खानयोग्य बनाउन सकिन्छ, त्यसरी नै विचारलाई पनि आलोचनाको कसीमा घोटेर तिखारेपछि मात्र उपयोगी बनाउन सकिन्छ । खुला हृदयले र कुनै कुटिल उद्देश्य नराखी गरिने आलोचना वाञ्छनीय हुन्छ । यस अर्थमा आलोचनात्मक हुनु सुरक्षित छ । यसो गर्दा उनीहरूले शिष्ट शब्द र सुखद् शैली अपनाउनुपर्छ । केवल गल्ती सच्याउने उद्देश्यले विषयवस्तुका त्रुटि र कमजोरीहरूमाथि मात्र प्रहार गर्नुपर्छ । तर, समकालिक समाजमा स्वस्थ आलोचनाको सकारात्मक प्रवृत्ति कम र अस्वस्थ आलोचनाको नकारात्मक संस्कृति पन्पिन्दै गएको छ । यसो हुनु व्यक्ति र समाज दुवैको लागि जोखिमपूर्ण छ । निश्चय परिणति अनपेक्षित हुनसक्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर