काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोकमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने ४० वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ परेका हुन्।
पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोक पठाउने प्रयोजनका लागि प्रहरी वृत्त गौशाला, काठमाडौंको जिम्मा लगाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिनुभएकाे हाे ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर