काठमाडौं । आगामी अगस्ट १५ अर्थात् साउन ३० गते काठमाडौंमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड-२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ।
अवार्ड समारोहलाई सफल बनाउन बेलायतस्थित आयोजक टोली ‘इन्फा इभेन्ट्स यूके’ बुधबार साँझ काठमाडौं आइपुगेको छ। काठमाडौं विमानस्थलमा बेलायतबाट आएको टोलीलाई इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले स्वागत गरेका छन्।
आयोजक टोलीको आगमनसँगै अवार्ड समारोहको तयारीले थप तीव्रता पाएको आयोजकले जनाएको छ। बेलायतबाट काठमाडौं आएको अन्तर्राष्ट्रिय टोलीमा अध्यक्ष उमेशराज मोक्तान तथा बोर्ड निर्देशकहरू टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल सहभागी हुनुहुन्छ।
उहाँहरूले आगामी केही दिन नेपालमै रहेर अवार्ड समारोहको समग्र व्यवस्थापन, अतिथि समन्वय, प्राविधिक तयारी तथा कार्यक्रम सञ्चालनसँग सम्बन्धित कामलाई अन्तिम रूप दिनुहुनेछ।
काठमाडौंमै रहनुभएका इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामा तथा नेपालतर्फको आयोजक टोलीका अध्यक्ष सुनील श्रेष्ठसहितको समूहले बेलायतबाट आएको टोलीलाई स्वागत गरेको हो।
इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठको नेतृत्वमा बोर्ड सदस्य मनिष कार्की र मनोज केसीसहितको टोलीले लामो समयदेखि अवार्डको व्यवस्थापन, कलाकार समन्वय, मञ्च निर्माण, प्राविधिक तयारीलगायतका काम अघि बढाउँदै आएको छ।
यस वर्षको इन्फा अवार्डलाई भव्य र व्यवस्थित बनाउन बेलायत र नेपालका अनुभवी फिल्मकर्मी तथा आयोजकहरूको संयुक्त टोली सक्रिय रूपमा खटिएको आयोजकले जनाएको छ।
अवार्ड समारोहमा स्वदेश तथा विदेशबाट कलाकार, चलचित्रकर्मी, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने आयोजकको भनाइ छ।
समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर