उद्योगी चन्द्रकृष्ण कर्माचार्यको जीवन भोगाइका अनेकन कथा बोकेको कृति ‘संसार आफ्नै’ (एक उद्यमीले बाँचेको समय) बजारमा आएको छ । प्रतिष्ठित उद्योगी चन्द्रकृष्ण कर्माचार्यको जीवनीमा आधारित यो पुस्तकले झण्डै डेढसय वर्षका विविध घटनक्रम उधिनेको छ । नेपालको व्यापार, व्यावसाय तथा उद्योगका क्षेत्रमा नेवार समुदायको योगदान असामान्य रहेको छ । नेपाली समाजमा व्यापार, व्यावसाय, उद्योगको प्रारम्भ र संस्थागत गर्ने जस नेवार समुदायलाई नै जान्छ । पुस्तकमा नेपाली उद्योग, व्यावसाय क्षेत्रका एक स्वप्नद्रष्टा चन्द्रकृष्ण कर्माचार्याले व्यापार, उद्योगका क्षेत्रमा आफ्नो परिवारको निरन्तरको संघर्षलाई प्रस्तुत गरेका छन् ।
लेखकले आफ्नो समुदाय, समाज र व्यापार-व्यावसायका सान्दर्भिक विषयहरूलाई उठान गरेर पुस्तकलाई संग्रहणीय बनाएका छन् । पुस्तकमा लेखकले भोगेका केही रमाइला तर सन्देशमूलक सामग्री पनि समावेश गरिएकाले पाठकलाई पुस्तक पढ्दा निकै रमाइलो लाग्नसक्छ । पुस्तकको अन्त्यमा पारिवारिक, सामाजिक र सांस्कृतिक तस्वीरहरू राखिएका छन् । जसले गर्दा पाठकलाई तत् समयको अवस्था बारेमा बुझ्न थप सजिलो बनेको छ ।
पिताजीले सुरु गरेको व्यापार एकपछि अर्को गदै सफल बन्दै गएपछि सम्पूर्ण परिवार नै व्यापार, व्यावसायमा लागेको यो परिवार आज नेपालकै एउटा प्रतिष्ठित उद्योगी घराना बन्न पुगेको छ । कर्माचार्या ग्रुपको मातहतमा आज दर्जनौं सफल उद्योग सञ्चालनमा रहेका छन् । उद्योगका क्षेत्रमा यो ग्रुपले गर्नु परेका संघर्ष र उतारचढाव पुस्तकमा पढ्न पाइन्छ । कर्माचार्य ग्रुपको सफलतामा आमा सानुमायाको कर्मशीलता र संघर्षलाई लेखक चन्द्रकृष्णले स्मरण गरेका छन् । एउटी निरक्षरी महिलाले पनि आफ्नो परिवारलाई सही मार्ग निर्देशन गर्न सक्छिन् । र, सन्तान अनि समाजमा उदाहरणीय बन्न सक्छिन्, भन्ने दृष्टान्त पनि हो, यो ।
कर्माचार्य परिवारको व्यापार, व्यावसायको सुरुवाती कथा पनि निकै प्रेरणादायी छ । कपास व्यापारी जिजुबाजे व्यापारमा डुबेर टाट पल्टिए पनि हार नखाई निरन्तर व्यापारमै लागेकै काराण आज कर्माचार्य ग्रुप निर्माण बन्न सकेको सन्दर्भ जो कोहीलाई प्ररणाको स्रोत बन्नसक्छ । जिजुबाजेको हार नखाने र संघर्षलाई निरन्तरता दिने गुण छोरा, नाति हुँदै पुस्तान्तर भइरहेको छ ।
आफ्ना पिताले सुरु गरेको व्यापारलाई छोरा जगतकृष्ण कर्माचार्यले निरन्तरता दिनु, बाजे र पिताको बिँडो थाम्दै छोरा चन्द्रकृष्ण् लगायतका सन्तानले अगाडि बढाउँदै व्यापारी परिवारबाट उद्योगी परिवारमा फड्को मार्न सक्नु नै यो परिकारको मात्रै सफलता नभएर सिंगो नेपाली समाजको पनि सफलता बन्न पुगेको छ । एउटा व्यावसायिक प्रतिष्ठान निर्माण हुन कस्तो संघर्ष चाहिन्छ । कुन किसिमको लगनशीलता र धैर्य चाहिन्छ । परिवारको एकता र एक मनले एउटा सामान्य व्यापारी अथवा व्यक्ति वा घरलाई कसरी विशाल उद्योगीका रूपमा स्थापना गर्नसक्छ भन्ने कुराको प्रेरणा यस पुस्तकले दिन्छ ।
चन्द्रकृष्णको परिवारमा पुस्तक केन्द्रित रहे तापनि यसले नेपालको व्यापार, व्यावसाय र उद्योगको संघर्ष, निरन्तरता र अवस्थाका बारेमा एउटा तस्वीर देखाउँछ । त्यसो त पुस्तकले कर्माचार्य बंशका बारेमा राम्रो जानकारी दिन्छ भने नेवारी कला, संस्कृति र परम्पराका बारेमा पनि पुस्तकले जानकारी दिन्छ । उद्योग, वाणिज्यका क्षेत्रको राजनीति र नेतृत्वलाई पनि पुस्तकले उजागर गरेको छ । पत्नी लक्ष्मीसुन्दरीको वियोगबाट भावविह्ल बनेका चन्द्रकृष्णले पत्नीका सम्झनाहरू अक्षरमा पोख्न खोज्दाखोज्दै यो पुस्तकको स्वरूप अलि बृहत र विस्तृत भएको आफ्नो भूमिकामा उल्लेख गरेका छन् ।
लेखकले सुख, दुःख सहेर प्रेमसाथ सँगै ५५ वर्ष बिताएकी पत्नी आफ्नी प्रिय लक्ष्मीका बारेमा निकै उदारमनले भावुक बनेर सम्झना गरेका छन् । यसले एउटा पुरुष एकल बन्नु पर्दाको गहिरो पीडालाई उजागर गरेको छ । २०३३ सालमा पत्नी लक्ष्मीले परिवार नियोजन गरेको सन्दर्भ असामान्य लाग्छ । आजको आधुनिक समयमा त महिलाले परिवार नियोजन गर्न हिचकिचाउने अवस्था रहेको छ । तर, लक्ष्मीसुन्दरीले ५० वर्षअगाडि नै आफैं परिवार नियोजन गरेर सामाजिक क्रान्ति नै गरेको देखिन्छ । त्यस समयमा परिवार नियोजन परीक्षणकाल अवस्थामै थियो । धेरै सन्तान जन्माउनुलाई समाजले ईश्वरको वरदान मान्ने गर्थ्यो । तर, लक्ष्मीसुन्दरीले श्रीमान्लाई परिवार नियोजन नगराएर आफैं गर्नु पनि असामान्य चिन्तन र सोच मान्नुपर्छ । श्रीमान्प्रतिको प्रेम र सम्मानको एउटा मानक मान्नुपर्छ । त्यस समयमा परिवार नियोजन गर्नु शारीरिक रूपमा असक्त हुनु, हो भन्ने बुझाई पनि थियो । अझ गहिरो कुरा त असमयै श्रीमतीको निधन भएमा श्रीमान्ले अर्को घरजाम गर्न सकुन्, भन्ने सामाजिक मनोभावना पनि थियो । पुरुषप्रधान समाजको एउटा गलत चेतना आज पनि नेपाली समाजमा अवशेषका रूपमा बाँकी नै छ ।
लेखकले आफ्नो समुदाय, समाज र व्यापार–व्यावसायका सान्दर्भिक विषयलाई उठान गरेर पुस्तकलाई संग्रहणीय बनाएका छन् । पुस्तकमा लेखकले भोगेका केही रमाइला तर सन्देशमूलक सामग्री पनि समावेश गरिएकाले पाठकलाई पुस्तक पढ्दा निकै रमाइलो लाग्नसक्छ । पुस्तकको अन्त्यमा पारिवारिक, सामाजिक र सांस्कृतिक तस्वीरहरू राखिएका छन् । जसले गर्दा पाठकलाई तत् समयको अवस्था बारेमा बुझ्न थप सजिलो बनेको छ । कृति सम्पादनमा अब्बल सम्पादकका रुपमा लोकप्रिय पारसप्रकाश नेपालको सम्पादनमा प्रकाशित कृतिको भाषा शैली निकै सरल र सहज लाग्छ । यसकारण पनि सबै प्रकारका पाठकका लागि यो कृति पठनीय देखिन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर