काठमाडाैं । स्वास्थ्यबारे एउटा आम धारणा छ—पातलो मानिस स्वस्थ हुन्छ, मोटो मानिस अस्वस्थ हुन्छ । तर स्वास्थ्य विज्ञहरूका अनुसार यो धारणा सधैं सही हुँदैन । शरीरको तौल वा बाहिरी बनावटले मात्र व्यक्तिको स्वास्थ्य अवस्था निर्धारण गर्न सक्दैन ।
विज्ञहरू भन्छन्, वास्तविक स्वास्थ्य व्यक्तिको दैनिक जीवनशैली, खानपान, नियमित शारीरिक गतिविधि र शरीरभित्रको अवस्था कस्तो छ भन्ने कुराले तय गर्छ । बाहिरबाट दुब्लो देखिने धेरै व्यक्तिको शरीरमा अत्यधिक बोसो जम्मा भएको हुन सक्छ, जसलाई ‘स्किनी फ्याट’ अवस्था भनिन्छ। यस्तो अवस्थामा मांसपेशी कमजोर हुने, मेटाबोलिज्म बिग्रिने र मधुमेह तथा मुटुसम्बन्धी रोगको जोखिम बढ्ने सम्भावना हुन्छ ।
स्वस्थ व्यक्तिको पहिचान तौलभन्दा पनि शरीरको समग्र अवस्थाले गर्छ। सामान्य रक्तचाप, नियन्त्रणमा रहेको रक्तचिनी, दिनभर पर्याप्त ऊर्जा, बलियो रोग प्रतिरोधात्मक क्षमता, सन्तुलित मानसिक स्वास्थ्य र पोषणयुक्त आहार स्वस्थ जीवनका मुख्य संकेत मानिन्छन्। यी पक्ष राम्रो भएमा तौल सामान्यभन्दा केही बढी वा कम भए पनि व्यक्ति स्वस्थ हुन सक्छ ।
यद्यपि, विज्ञहरूले अत्यधिक तौल बढ्नुलाई पनि सामान्य रूपमा लिन नहुने बताउँछन्। विशेषगरी पेटको वरिपरि बोसो बढी जम्मा हुँदा मुटुरोग, उच्च रक्तचाप र टाइप–२ मधुमेहको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्छ। त्यसैले बडी मास इन्डेक्स (BMI) सँगै कम्मर–हिप अनुपात पनि नियमित रूपमा जाँच गर्न सुझाव दिइन्छ ।
विशेषज्ञहरूका अनुसार स्वस्थ रहनका लागि नियमित व्यायाम, पर्याप्त निद्रा, सन्तुलित आहार र सक्रिय जीवनशैली सबैभन्दा महत्त्वपूर्ण हुन्छ । शरीर अत्यधिक दुब्लो वा अत्यधिक मोटोपन दुवै स्वास्थ्यका दृष्टिले उपयुक्त मानिँदैन ।
स्वास्थ्यको सही मापन बाहिरी रूपले होइन, शरीरको कार्यक्षमता र जीवनशैलीले निर्धारण गर्छ। त्यसैले कसैको शरीरको आकार हेरेर मात्र उसको स्वास्थ्यबारे निष्कर्ष निकाल्नु उचित नहुने विज्ञहरूको सुझाव छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर