काठमाडौं । जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन् । ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेल हुनुहुन्छ । प्रशिक्षक संख्या ३२ रहेको छ ।
नेपालबाट आर्चरीमा एक/एक पुरुष/महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा दुई/दुई पुरुष/महिला, बक्सिङमा चार पुरुष र तीन महिला, क्यानोइ स्लालममा दुई पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा एक-एक पुरुष/महिला तथा डान्स एण्ड स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा तीन/तीन पुरुष/महिला, कबड्डीमा १२-१२ पुरुष/महिला, करातेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा एक/एक पुरुष/महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा तीन/तीन पुरुष/महिला, तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
चीनको हाङझावमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिएका थिए । हाङझाव एसियाडमा नेपालले समान एक-एक रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थियो । एसियाडमा दुवैको पहिलो सहभागिता थियो । २०औँ एसियाड असोज ३ गतेदेखि सुरु हुँदैछ ।







यस्तो छ आजका लागि विदेशी
सुक्खा पहिराेले घारखोला जलविद्युत् आयोजनाको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा