काठमाडौं । चलचित्र ‘गौँथली’को सफलतापछि अभिनेता अरुण क्षेत्री निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘म मदनकृष्ण’मा अनुबन्धित हुनुभएको छ । चलचित्रमा उहाँले कलाकार हरिवंश आचार्यको भूमिका निर्वाह गर्नुहुनेछ । उहाँ यही निर्माण टिमले आगामी वर्ष निर्माण गर्ने हरिवंश आचार्यको जीवनीमा आधारित अर्को चलचित्रमा पनि यही भूमिकामा देखिने जनाइएको छ ।
राजकुमार श्रेष्ठको लगानीमा बन्ने चलचित्र ‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिका महेश त्रिपाठी र यशोधाको भूमिका केकी अधिकारीले निर्वाह गर्नुहुनेछ । चलचित्रमा मदनकृष्णको बाल्यकाल, कलाकारिता यात्रा, जागिरे जीवन र हरिवंश आचार्यसँगको मित्रतालगायतका विषय समेटिने जनाइएको छ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रको छायांकन आगामी भदौ दोस्रो सातादेखि सुरु हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य