काठमाडौं । पाँचौ संस्करणको म्युजिक खबर तीज म्युजिक अवार्डका लागि आवेदन खुला गरिएको छ । तीज पर्वको अवसरमा आगामी भदौ २० गते ‘तीज फेष्टिभल एवं पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड-२०८३’ आयोजना हुनेभएको हो । शुभकामना मिडिया सोलुसनको आयोजनामा हुने फेष्टिभलमा सांगीतिक प्रस्तुति, विभिन्न स्टल तथा दर कार्यक्रम समावेश गरिने जनाइएको छ ।
आयोजकका अनुसार पाँचौं संस्करणको ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’ भदौ २१ गते गोंगबुस्थित बीजी बैंक्वेटमा आयोजना हुनेछ । अवार्डमा तीज गीतसँग सम्बन्धित २२ विधामा स्रष्टा र सिर्जनालाई सम्मान गरिनेछ भने विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई ‘नारीरत्न सम्मान’ प्रदान गरिनेछ । तीज अवार्डका लागि भदौ १३ गतेसम्म गीत दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।







दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७