ललितपुर । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिँगेदाउ २’को टिजर सार्वजनिक गरिएको छ । ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रममा सार्वजनिक एक मिनेट ५१ सेकेण्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी-जेठानीबीचको द्वन्द्व र नयाँ कथावस्तुको संकेत दिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ’को सिक्वेल हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, आर्यन सिग्देललगायत कलाकारको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेख्नुभएको हो । कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा बनेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन तथा मित्र डी गुरुङको सम्पादन छ । सार्वजनिक कार्यक्रममा टिजरको पारिवारिक कथावस्तु र प्रस्तुतिको प्रशंसा गर्दै चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिएको छ ।







‘बूढो समय’भित्र फर्किदा
प्रतिनिधिसभाको बैठक बस्दै, चार वटा
आज कालिमाटीमा कति छ तरकारी
मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय