काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘मन बिनाको धन-२’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई अनुबन्ध गरिएको छ । यसअघि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ पनि कलाकार टोलीमा जोडिइसक्नुभएको छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठले अभिनयसँगै एउटा गीतमा स्वरसमेत दिनुभएको छ । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा तथा संगीत टंक बुढाथोकीकै छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ । निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुनुहुन्छ ।
चलचित्रको छायांकन भदौको पहिलो सातादेखि काठमाडौं उपत्यका र मुस्ताङमा सुरु हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टको कोरियोग्राफी तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ ।







बिपी राजमार्ग चौडा पार्न डिपिआर
चापाकल खरिदमा अनियमितता गरेको आरोपमा
आज यी तरकारी तथा फलफूलको
लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ ?
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व