काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरूः इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजनाबीच चलचित्रको म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु, चरित्र चित्रण, परिवेश तथा मनोवैज्ञानिक पक्षलाई प्रस्तुत गरेको छ । जंगली हात्तीको आतंकले त्रसित गाउँमा हराएकी छोरीको खोजीमा एक आमाले भोग्नुपर्ने संघर्ष र यात्रालाई ट्रेलरमा देखाइएको छ ।
निर्देशक अविनाशविक्रम शाहको यस चलचित्रले यसअघि विश्वप्रसिद्ध कान्स फिल्म फेष्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा शीर्षकबाट प्रतिस्पर्धा गरेको थियो । सो फेष्टिभलमा फिल्मले जुरी च्वाइस अवार्डसमेत जित्न सफल भएको थियो ।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोवास गर्ने लैंगिक अल्पसंख्यक समुदायको जीवनकथामा आधारित चलचित्रमा पुष्पा थिङ मुख्य भूमिकामा हुनुहुन्छ । साथै गौरी मल्ल, माओत्से गुरुङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतका कलाकारको अभिनय छ ।
चलचित्रको निर्माण नेपालका अनुप पौडेल, फ्रान्सका जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीका माइकल हेनरिक्सले गर्नुभएको हो । अन्डरग्राउण्ड टकिजको ब्यानरमा निर्माण भएको चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सफलता हासिल गरेपछि अब नेपाली दर्शकमाझ प्रदर्शनको तयारी गरेको हो ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :