काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आजदेखि दुई फरक विषयवस्तुका चलचित्र ‘कमला मिस’ र ‘हली’ देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । एकातर्फ बालमनोविज्ञान, शिक्षा र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको ‘कमला मिस’ छ भने अर्कोतर्फ पश्चिम नेपालमा अझै विद्यमान छाउपडी प्रथाको यथार्थ चित्रण गरिएको ‘हली’ दर्शकमाझ आएको हो । दुवै चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गर्ने प्रयास गरेका छन् । यस्तै, चलचित्र ‘गौथली’ चौथो हप्तामा प्रवेश गरेको छ भने अन्य बलिउड र हिलउड चलचित्र पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।
नेपाली चलचित्र क्षेत्रमा आजदेखि दुई फरक विषयवस्तुका चलचित्र ‘कमला मिस’ र ‘हली’ देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । एकातर्फ बालमनोविज्ञान, शिक्षा र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको ‘कमला मिस’ छ भने अर्कोतर्फ पश्चिम नेपालमा अझै विद्यमान छाउपडी प्रथाको यथार्थ चित्रण गरिएको ‘हली’ दर्शकमाझ आएको हो । यस्तै, चलचित्र ‘गौथली’ तेस्रो हप्तामा प्रवेश गरेको छ भने अन्य बलिउड र हिलउड चलचित्र पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।
वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित ‘कमला मिस’को प्रदर्शनअघि काठमाडौंस्थित जय नेपाल हलमा विशेष प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी चलचित्रकर्मी, शिक्षाविद्, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीले चलचित्रको विषयवस्तु, प्रस्तुति र सामाजिक सन्देशको प्रशंसा गरेका थिए ।
बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले आमाको माया र स्नेहबाट वञ्चित बालमनको पीडा, आमाको खोजी, माया पाएपछि जीवनमा आउने सकारात्मक परिवर्तन तथा एक महिलाले जीवनमा भोग्नुपरेका संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बरबाद होस्’बाट प्रेरित चलचित्रले शिक्षा, साहित्य र सामाजिक उत्तरदायित्वलाई चलचित्रमार्फत जोड्ने प्रयास गरेको प्रतिक्रिया प्रिमियरमा सहभागी दर्शकहरूले दिएका छन् ।
चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्णमुरारी ढुंगेल, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुवेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारको अभिनय छ । विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुनुहुन्छ । कथा विजय मल्लको हो भने पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पार्नुभएको हो ।
यता, निर्देशक ओम प्रतीकको ‘हली’ले पश्चिम नेपालमा प्रचलित छाउपडी प्रथाको यथार्थलाई मुख्य विषय बनाएको छ । निर्माता पूजा गुरुङका अनुसार वास्तविक घटनाबाट प्रेरित चलचित्रले एउटा सामान्य ‘हली’ले पनि समाज र देशमा सकारात्मक परिवर्तन ल्याउनसक्छ भन्ने सन्देश दिन खोजेको छ । निर्देशक प्रतिकले सामाजिक चेतनाको विस्तार नै परिवर्तनको आधार भएको उल्लेख गर्दै चलचित्रले त्यही सन्देश बोकेको बताउनुभयो ।
चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ । विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको प्रस्तुति रहेको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नुभएको छ भने अन्य गीतमा ओम प्रतीक र कविराजले संयुक्तरूपमा नृत्य निर्देशन गर्नुभएको छ ।
चलचित्रमा शम्भुजित बाँस्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई नेसनल सिने ग्रुप प्रालिले देशभर वितरण गरेको छ ।
फरक-फरक सामाजिक विषयवस्तुमा आधारित ‘कमला मिस’ र ‘हली’ले मनोरञ्जनसँगै समाजमा सकारात्मक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ । अब यी दुवै चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया र व्यावसायिक सफलता हासिल गर्छन् भन्ने चासो चलचित्र वृत्तमा बढेको छ । यस्तै, चलचित्र ‘गौथली’ तेस्रो हप्तामा प्रवेश गरेको छ भने अन्य बलिउड र हिलउड चलचित्र पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।






मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट
फिफा अध्यक्षले माफी मागे, तत्काललाई
एनटी टप एण्ड टी-२० खेल्न
देशभरका आदिवासी जनजाति काठमाडौंमा जुट्दै,