काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोकेबमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर घरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
इञ्जिनियरिङ क्षेत्रका विज्ञहरू घर निर्माणअघि सही योजना, प्राविधिक डिजाइन र संरचनात्मक विश्लेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । सोही आवश्यकतालाई ध्यानमा राखेर देभको इञ्जिनियरिङ एण्ड बिल्डर्सले घर निर्माणको तयारीमा रहेका व्यक्तिहरूका लागि नक्सा डिजाइन तथा सम्बन्धित इञ्जिनियरिङ सेवामा ३३ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार घर निर्माणको प्रारिम्भक चरणमै जग्गाको अवस्था, भवनको आवश्यकता, उपलब्ध क्षेत्रफल, परिवारको जीवनशैली, बजेट तथा संरचनात्मक सुरक्षालाई ध्यानमा राखेर डिजाइन तयार गर्नुपर्छ । जसका लागि देभको इञ्जिनियरिङले घर बनाउने जग्गाको वास्तु विश्लेषण, आर्किटेक्चर ड्रइङ, स्ट्रक्चरल तथा थ्री-डी भिजुअलाइजेसनलगायत सेवा एकीकृत रूपमा उपलब्ध गराउने जनाएको छ । घर निर्माणमा सबैभन्दा पहिले जग्गाको अवस्था र उपलब्ध स्थानको उचित अध्ययन गर्नुपर्छ । त्यसपछि ग्राहकको आवश्यकता र भवनको उपयोगिताअनुसार प्रारिम्भक योजना तयार गर्नुपर्छ । देभको इञ्जिनियरिङले सोही प्रक्रिया व्यवस्थित गर्दै ग्राहकको आवश्यकताअनुसार वास्तु तथा डिजाइनसम्बन्धी परामर्श उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार जग्गाको आकार, सडकको पहुँच, भवनको दिशा, खुला स्थान, प्रकाश तथा हावा व्यवस्थापनलगायत पक्षलाई ध्यानमा राखेर डिजाइनसम्बन्धी परामर्श प्रदान गरिनेछ । त्यसपछि घरको आवश्यकता र ग्राहकको प्राथमिकताअनुसार आर्किटेक्चर ड्रइङ तयार गरिनेछ । भवनको डिजाइन आकर्षक हुनुका साथै संरचनात्मक रूपमा सुरक्षित पनि हुनुपर्छ । जसका लागि कम्पनीले स्ट्रक्चरल ड्रइङ तथा स्ट्रक्चरल एनालाइसिस सेवासमेत उपलब्ध गराउनेछ ।
नको संरचना तयार गर्दा त्यसको प्रकार, तला संख्या, भार, प्रयोग हुने संरचनात्मक प्रणाली तथा सम्बन्धित प्राविधिक मापदण्डलाई ध्यानमा राखेर आवश्यक इञ्जिनियरिङ डिजाइन तयार गरिने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकलाई घर निर्माणअघि आवश्यक प्राविधिक परामर्श लिएर योजना अघि बढाउन आग्रहसमेत गरेको छ । ग्राहकले कम्पनीबाट आफ्नो जग्गाको अवस्था, घरको आवश्यकता र बजेटअनुसार डिजाइनसम्बन्धी परामर्श लिन सक्ने बताइएको छ ।







संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा.