काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले माई पल्सर स्टोरी नामक विश्वव्यापी अभियान सुरु गरेको छ । अभियानमार्फत् विश्वभरका राइडर, कन्टेन्ट क्रियटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्छ । पल्सर नेपाल पनि उक्त विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सहभागीहरूले भिडियो, संगीत, एआई आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन् । अभियानको मुख्य आधार भनेको वास्तविक र मौलिक अनुभव हो । उत्कृष्ट कथाहरूले ‘२५ इयस अफ ड्राइङ द वर्ल्ड’को भावना झल्काउनुपर्नेछ ।
छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्नेछ । अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर पाँच सय बराबरका उपहार प्राप्त गर्नुका साथै सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४०० जेड जित्ने अवसर पाउनेछन् । अभियान २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुने बताइएको छ ।







‘मन बिनाको धन-२’मा कलाकारहरूको बलियो
‘मुसाफिर क्याफे’को दोस्रो सिजन आउने
कान्समा पुरस्कृत ‘तिनीहरूः एलिफेन्ट्स इन
आजदेखि प्रदर्शनमा ‘कमला मिस’ र
आइडाद्वारा एमआइएइडी कार्यक्रम सुरु
घरको नक्सा डिजाइनमा ३३ प्रतिशत