काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन ब्राण्ड एथर इनर्जी नेपालले ‘नाइमा मोबिलिटी एक्स्पो-२०२६’ का अवसरमा आगन्तुकलाई लक्षित गर्दै पुनः मेगा उपहार योजना सञ्चालन गर्ने भएको छ । योजनाअन्तर्गत एक जना भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्न सक्नेछन् ।
कम्पनीका अनुसार गत वर्ष सञ्चालन गरिएको त्यस्तै अभियानमार्फत् शालिकराम कँडेल एथर रिज्टा स्कुटर जित्न सफल हुनुभएको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्ने, नाइमा मोबिलिटी एक्स्पो २०२६ अन्तर्गत ‘हल सी, स्टल सी २’ मा रहेको एथर स्थलमा जानुपर्ने, एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिचेर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै एथर इनर्जी नेपाललाई ट्याग गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि ट्याग गर्नुपर्ने बताइएको छ ।
यस वर्षको एथर स्टललाई विद्युतीय सवारीको भविष्य नजिकबाट अनुभव गराउने उद्देश्यले विशेष रूपमा तयार गरिएको कम्पनीले जनाएको छ । प्रदर्शनी अवधिभर ‘हल-सी’ को ‘स्टल-सी २’ मा रहेको एथर स्टलमा पुगेर आगन्तुकले नयाँ उत्पादन अवलोकन गर्नुका साथै मेगा उपहार योजनामा सहभागी भई नयाँ एथर स्कुटर जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।






शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
कक्षा १२ को मौका परीक्षाको
आजका लागि तोकियो विदेशी मुद्राको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष
कठिन चुनौतीबीच जनादेशको जिम्मेवारी