बारा । दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले सिमरास्थित आफ्नो उत्पादन केन्द्रमा ‘हुलास डे २०२६’ विविध सामुदायिक, कर्मचारी-केन्द्रित तथा दिगोपनमुखी कार्यक्रमसाथ सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण तथा कर्मचारी कल्याणप्रतिको प्रतिबद्धता सुदृढ गर्दै आयोजना गरेको कार्यक्रममा वृक्षारोपण अभियान, कर्मचारीका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर तथा कम्पनीका वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी रणनीति, उपलब्धि र मूल्यमान्यताबारे विस्तृत प्रस्तुति गरिएको थियो ।
सोही क्रममा कम्पनीले एक हजार तीन सय १८ किलोवाट-पीक क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सञ्चालन, भट्टी तथा जेनेरेटरको विद्युतीकरण, आफ्नै इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली, कारखाना परिसरमा हरित क्षेत्र विस्तार, आइएसओ १४००१ वातावरणीय व्यवस्थापन प्रणालीको प्रमाणीकरण तथा कार्बन बोर्डर एड्जस्टमेन्ट मेकानिजम(सिबिए) अनुरूपको तयारीलगायत दिगोपनका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको थियो ।
कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन र समर्पणका आधारमा विभिन्न कर्मचारीलाई सम्मान गरिएको थियो । ‘हुलास डे २०२६’ ले कर्मचारी, समुदाय र वातावरणबीचको सहकार्य थप सुदृढ बनाउँदै दिगो औद्योगिक विकास, जिम्मेवार व्यावसायिक अभ्यास तथा दीर्घकालीन मूल्य सिर्जनाप्रति हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडको प्रतिबद्धता पुनः स्थापित गरेको कम्पनीले जनाएको छ ।







आन्दोलनका कारण योजनावद्ध काम गर्न
करिब ६४७ किलो गाँजासहित दुई
विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष
मेसीको दुई गोलमा इन्टर मियामीको
नेपालले एसियाडमा २२ खेलमा १३६
२०२७ एकदिवसीय विश्वकप छनोट