काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौं–१४ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथर घर भई काठमाडौं–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेल रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक जना पीडितबाट तीन लाख ५० हजार रुपैयाँ, अनिलले कम्बोडिया पठाइदिने भन्दै आठ लाख ८४ हजार रुपैयाँ, कमलाले रोमानिया पठाइदिने भन्दै छ लाख रुपैयाँ र तुलसीरामले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै छ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले मनोहरलाई ललितपुर महानगरपालिका–३ बाट मङ्गलबार, अनिललाई काठमाडौं महानगरपालिका–११ बाट, कमलालाई काठमाडौं महानगरपालिका–२६ बाट तथा तुलसीरामलाई काठमाडौं महानगरपालिका–९ बाट बुधबार पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।







बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या