काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निरन्तरका आन्दोलन, जनताका तत्कालीन समस्या र मागका कारण गृह मन्त्रालयका योजनामुखी तथा दीर्घकालीन काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताउनुभएको छ।
बिहीबार आयोजित जेन–जी घर उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पदभार सम्हालेयता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा अपेक्षित रूपमा ध्यान केन्द्रित गर्न नपाएको बताउनुभयो।
गृहमन्त्री गुरुङले जेन–जी पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिहरू कार्यान्वयन गर्न आवश्यक नीति, योजना र कार्यक्रम तयार गर्नुपर्ने भए पनि परिस्थिति अनुकूल नरहेको उल्लेख गर्नुभयो। यद्यपि जेन–जी आन्दोलनका शहीद परिवार तथा जेन–जी पुस्ताका मागलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।
उहाँले जेन–जी आन्दोलनलाई लिएर राजनीति गरिरहेका केही अगुवाप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूको नियतमाथि समेत प्रश्न उठाउनुभयो।
गृहमन्त्री गुरुङले भन्नुभयो, “यो चार महिनामा मैले काम नै गर्न पाएको छैन। कहिले के आन्दोलन भएको छ, कहिले के भएको छ। हरेक दिन कुनै न कुनै समस्या आएको छ। जेन–जीसँग सम्बन्धित धेरै योजना र काम बनाउनुपर्ने थियो। तर नागरिकहरू आफ्ना समस्या लिएर मेरो ढोकामा आउँदा उनीहरूको माग सम्बोधन गर्नु पनि मेरो कर्तव्य हो। त्यसैका लागि जनताले हामीलाई जिम्मेवारी दिएका हुन्।”
उहाँले सदन वा सार्वजनिक कार्यक्रममा आफूले औपचारिक भूमिका नबाँधी मनको कुरा राख्ने गरेको उल्लेख गर्दै जेन–जी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। साथै, पछिल्लो समय जेन–जी आन्दोलनको नाममा राजनीति गर्ने केही प्रतिनिधिको नियत ठीक नभएको आशंका पनि व्यक्त गर्नुभयो।







मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत