अवैध शरणार्थी समस्या पूरै विश्वको निम्ति चिन्ताको विषय हुनुपर्छ । नेपाल जस्तो देश यस मामिलामा गम्भीर हुनु आवश्यक छ । प्राकृतिक संसाधनहरूको सदुपयोग देशका जनताको हितमा हुनुपर्छ अवैध शरणार्थीहरू वा अवैध आप्रवासीहरूले देशको संशाधनमा कब्जा जमाउन थालेपछि देश कमजोर हुनजान्छ । भुटानी शरणार्थीहरूको समस्याका कारण नेपाल दुई–साढे दुई दशकसम्म पीडित थियो । केहीले गलत तरिकाले नेपालको नागरिकता पनि लिएका हुनसक्छ । संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च आयोगको प्रयासवाट भुटानी शरणार्थीहरूलाई युरोपका देशमा र संयुक्त राष्ट्रसंघद्वारा नै व्यवस्था गरिएको देशहरूमा बसाल्ने काम भयो ।
सन् २०१७ मा म्यानमारबाट लाखौं रोहिंग्या मुसलमानहरू धपाइए । त्यहाँको सरकारले दमन नीति लिएपछि रोहिंग्या मुसलमानहरू म्यानमार छोड्न बाध्य भए । म्यानमार सरकारका अनुसार यिनको गतिविधिहरू राष्ट्रहितविपरीत र समाजमा कटुता एवं उन्माद फैलाउने खालको देखिएको कारण म्यानमारबाट धपाएका थिए । यसपछि सात लाख जति रोहिंग्या मुसलमानहरू बंगलादेशमा प्रवेश गरे ।
एकपटक फेरि नेपालमा शरणार्थीहरूको विकराल समस्या उत्पन्न भइँरहेको छ । म्यानमारमा बस्दा त्यहाँको कानुन पालन नगरेको, सरकारप्रति र देशप्रति बफादार नदेखिएको तथा धार्मिक एवं जातीय विवाद बढाउन खोज्ने र जथाभावी बच्चा जन्माउने काम गरेका कारण त्यहाँको सरकारले रोहिंग्या मुसलमानहरूलाई आफ्नो देशबाट निकाल्ने अवस्था उत्पन्न भयो । रोहिंग्या मुसलमान त्यहाँबाट धपाइए । उनीहरूले चाहेका भए म्यानमारसित सिमाना जोडिएको बंगलादेशमा पनि जान सक्दथे तर त्यहाँ गएनन् । बंगलादेशबाट अवैध तरिकाले भारतीय भूभागमा प्रवेश गरे ।
जबसम्म पश्चिम बंगालमा त्रिणमूल पार्टीको शासन थियो, रोहिंग्या शरणाथीहरूलाई समस्या थिएन तर भाजपा सरकार आउने बित्तिकै उनीहरू माथि आफ्नो स्वदेश फर्कन दबाब दिइयो । बंगलादेशी मूलका रोहिंग्याहरू बंगलादेश फर्किन बाध्य भए । भारतको पुर्वोत्तरका राज्यहरूमा पनि भाजपाकै सरकार छ । पश्चिम बंगालबाट धपाइएकाहरू गाउँघरमा भिक्षाटन गर्दै, प्लाष्टिकका खाली बोतल र च्यातिएका लुगाहरू बोरामा हाल्दै नेपालका विभिन्न स्थानमा अवैध रूपमा बसोवास गरिरहेका छन् । भोलि कुनै अपराधजन्य घटना भयो भने के गर्ने ? त्यतातिर पनि हाम्रो ध्यान जानुपर्छ ।
सन् २०१७ मा साउदी अरबका विदेशमन्त्री अब्दुल्लाबिन जायेदले एउटा कार्यक्रममा भनेका थिए, अवैध शरणार्थीहरू (रोहिंग्या, अफगानी, पाकिस्तानी, प्यालेस्टिनी, सुडानी/प्रति युरोपका देशहरूको सहानुभूति र ममता जागेको छ तर भोलिका दिनमा यी शरणार्थीहरू नै युरोपका देशहरूको निमित ठूलो समस्या बन्नेछन् र युरोपका देशहरूले चाहेर पनि चुपचाप सबै थोक सहनुको विकल्प हुनेछैन । तसर्थ शरणार्थीहरूप्रति सहानुभूति देखाउन बन्द गर्नुपर्छ । यही अवस्था रह्यो भने विश्वका सबै चरमपन्थी र कट्टरपन्थीहरू युरोपमा प्रवेश गर्नेछन् ।
विश्वप्रसिद्ध उद्योगपति र सबैभन्दा धनी व्यक्ति एलन मस्कले स्पेनका प्रधानमन्त्रीलाई चेतावनीयुक्त सुझाव दिँदै भनेका छन् कि ७० हजार जनसंख्या भएको स्पेनको सेउटा शहरमा ६० हजार मोरक्कोका मुसलमान शरणार्थी भएर प्रवेश गर्नुको अर्थ कुनै दिन स्पेन नै मोरक्को बन्ने अवस्था आउन सक्छ । स्पेन एउटा सुविधा सम्पन्न र सुखी देश हो । यदि शरणार्थी घुसपैठको अवस्थालाई सामान्य रूपमा लिने काम भयो भने, विश्वका ९० प्रतिशत जनसंख्या शरणार्थी भएर स्पेन प्रवेश गर्नेछन् । विश्वका ७ अर्ब नागरिक शरणार्थी भएर स्पेन जानेछन् । स्पेनको पूरा बजेट नै घुसपैठिया (अवैध आप्रवासीहरू)मा खर्च हुनेछ । ब्रिटेनले पनि आफ्नो देशमा शरणार्थीलाई ठाउँ दिने गरेको थियो । अहिले ब्रिटेनका सुविधासम्पन्न होटेलहरूमा ३० हजार विदेशी शरणार्थीहरू, शरणार्थी भएर बसी-बसी ऐश-मोज गरिरहेका छन् ।
स्पेनका वर्तमान प्रधानमन्त्रीले चुनाव जित्न ५ प्रतिशत मुसलमानहरूको मतलाई धेरै महत्त्वपूर्ण ठानेका थिए । चुनावपछि मुसलमानहरूको सबै शर्तलाई पूरा गर्ने बाचा गरेका थिए । कम्युनिष्ट विचारधारामा विश्वास राख्ने स्पेनका प्रधानमन्त्रीको आश्वासनबाट प्रेरित भएर मोरक्को ६० हजार मुसलमानहरू नहर, समुद्र र पहाडको बाटो हुँदै स्पेन पुगे ।
कतिपय घर धनी र कर्मचारीहरू बिहान आफ्नो घरबाट निस्किदा सबै थोक ठीक नै देखेका थिए तर फर्केर घर आउँदा आफ्नो घरलाई अरूले नै कब्जा गरिसकेको पुलिसलाई गुनासो गर्दा पुलिसले पनि केही गर्न नसक्ने भन्दै आफ्नो असमर्थता देखाए । धन्यवाद इटलीका शासक जर्जिया मिलोनीलाई जसले स्पेनलाई ठाडो भाषामा धम्की दिइन् कि स्पेनले आफ्नो देशमा जथाभावी शरणार्थी पाल्ने भएपछि इटलीले आफ्नो सिमाना स्पेनको निम्ति खुल्ला राख्ने छैन ।
स्पेनका सुरक्षाकर्मीहरूले विश्वव्यापी दबाबपछि मोरक्कोका मुसलमानहरूलाई स्वदेश फिर्ता पठाउन सुँगुरको बोसोलाई हतियारको रूपमा प्रयोग गरे । मुसलमानहरू सुँगुरलाई अपवित्र ठान्दछन् । सुँगुरको बोसो हेरेपछि उनीहरू पछाडि हट्न बाध्य भएपछि ट्रकमा हालेर मोरक्कोका मुसलमान शरणार्थीहरूलाई मोरक्को फिर्ता पठाइयो । स्पेन प्रवेश गरेका मोरक्कोका ६० हजारमध्ये करिब सबै फिर्ता गइसकेका छन् । मोरक्कोबाट समुद्री बाटो प्रयोग गरेर उनीहरू स्पेनमा प्रवेश त गरे तर सरकारद्वारा न बस्ने ठेगान न त खाने उपाय नै भएपछि उनीहरू स्वदेश फर्किनुको विकल्प थिएन । स्पेन आउने क्रममा बाटोमा नै दुई तीन दर्जन व्यक्ति मरेका थिए ।
राष्ट्रिय राजधानी काठमाडौंको कपन र ललितपुरमा रोहिंग्याहरू बसिरहेका छन् । अहिले नेपालमा खासगरी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र पूरै तराईका जिल्लामा मगन्तेका रूपमा यिनीहरू रहिरहेका हुनसक्दछ । सन् २०१५ मा पाँचजना रोहिंग्यासित नेपाली पासपोर्ट थियो । मोरङबाट उनीहरूले पासपोर्ट बनाएका थिए । नेपाली पासपोर्ट लिएर उनीहरू सउदी अरबसम्म पुगेका थिए ।
अहिले विश्वमा देखिएका प्रमुख शरणार्थी समस्याहरूमा इस्लामिक राष्ट्रपति अफगानिस्तान, सुडान, प्यालेस्टाइन, सिरियाका नागरिकहरू रहेका छन् । रुससँग जारी द्वन्द्वका कारण ५० लाखभन्दा बढी युक्रेनीहरू पनि देश छोडेर अन्यत्र शरण लिन बाध्य छन् । लामो समयको गृहयुद्धले सिरियाका करोडौंलाई विस्थापित गराएको छ, जसमध्ये ५० लाखभन्दा बढी मानिस अझै पनि शरणार्थी जीवन बिताइरहेका छन् । सन् २०२३ देखि सुडानमा सुरु भएको गृहयुद्धका कारण लाखौं मानिसहरू देशभित्र र देशबाहिर पनि शरणार्थी बन्नपुगेका छन् । दशकौंदेखिको राजनीतिक अस्थिरता र हिंसाले गर्दा करिब २६ लाखभन्दा बढी अफगान नागरिकहरू अझै पनि बाहिर शरणार्थीका रूपमा रहेका छन् ।
सन् २०१७ मा म्यानमारबाट लाखौं रोहिंग्या मुसलमानहरू धपाइए । त्यहाँको सरकारले दमन नीति लिएपछि रोहिंग्या मुसलमानहरू म्यानमार छोड्न बाध्य भए । म्यानमार सरकारका अनुसार यिनको गतिविधिहरू राष्ट्रहितविपरीत र समाजमा कटुता एवं उन्माद फैलाउने खालको देखिएको कारण म्यानमारबाट धपाएका थिए । यसपछि सात लाख जति रोहिंग्या मुसलमानहरू बंगलादेशमा प्रवेश गरे । सुरुमा त बंगलादेशले यिनलाई बस्न दिए तर पछि रोहिंग्याहरूलाई बंगलादेश छाड्न बाध्य पारे । बंगलादेशबाट धपाइएका मुसलमानहरू भारतका विभिन्न प्रदेशहरूमा प्रवेश गरे । भारतका विभिन्न शहरमा भारतीय जनता पार्टीको सरकार बन्न थालेपछि रोहिंग्याहरू त्यहाँ आफूलाई असुरक्षित ठान्न थाले । अब त पश्चिम बंगालमा पनि भाजपाको सरकार रहेको कारण त्यहाँ पनि अब आफूलाई असुरक्षित ठानिरहेका रोहिंग्याहरू पुनः बंगलादेश र नेपाल आउने सम्भावना बढेको छ ।
राष्ट्रिय राजधानी काठमाडौंको कपन र ललितपुरमा रोहिंग्याहरू बसिरहेका छन् । अहिले नेपालमा खासगरी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र पूरै तराईका जिल्लामा मगन्तेका रूपमा यिनीहरू रहिरहेका हुनसक्दछ । सन् २०१५ मा पाँचजना रोहिंग्यासित नेपाली पासपोर्ट थियो । मोरङबाट उनीहरूले पासपोर्ट बनाएका थिए । नेपाली पासपोर्ट लिएर उनीहरू सउदी अरबसम्म पुगेका थिए । नेपालमा संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) द्वारा आधिकारिक रूपमा मान्यता प्राप्त करिब ४० हजार ४९० शरणार्थी रहेका छन् । यहाँ मुख्यतया भुटानी, तिब्बती, म्यानमार (रोहिंग्या) र अफगान शरणार्थी रहेका छन् ।
भुटानी शरणार्थीमध्ये अधिकांश तेस्रो देशमा पुनः स्थापना भए पनि झापा र मोरङमा अझै केही संख्यामा छन् । म्यानमारका रोहिंग्या र अफगान नागरिकहरू व्यक्तिगत रूपमा नेपालमा आश्रय लिएर बसेका छन् । अवैध शरणार्थीहरूलाई नेपालजस्तो देशले आफ्नो देशमा शरण दिँदा विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ, जसमा पहिलो छ, मानवीय संकट, त्यसपछि आर्थिक तथा सामाजिक भार, सुरक्षा चुनौती र बालबालिकाको भविष्य । शरणार्थीहरू कारण देशभित्र खाद्यान्न, शुद्ध खानेपानी र औषधिसम्मको पहुँचको अभाव हुनसक्दछ । त्यसैगरी आश्रय दिने राष्ट्रहरूमा स्रोतसाधनको कमी र दवावको अवस्था उत्पन्न हुनसक्दछ ।
त्यसैगरी आश्रय दिने राष्ट्रहरूमा स्रोतसाधनको कमी र दबाबको अवस्था उत्पन्न हुनसक्दछ । शरणार्थी शिविरहरूमा आपराधिक गतिविधि र मानव बेचविखनको जोखिम उत्पन्न हुनसक्दछ । नेपालमा, जहाँ बुबाको ठेगान नभए पनि आमाको नामवाट बच्चालाई नागरिकता दिन सकिने प्रावधान रहेका कारण शरणार्थीहरूले यस प्रावधानको दुरुपयोग गरेमा देशमा जनसांख्यिकी सन्तुलन पनि गड्बड हुनसक्दछ । शिक्षा र उचित स्वास्थ उपचारको समस्या पनि उत्पन्न हुनसक्दछ । तसर्थ साउदी अरबका तत्कालीन विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदको टिप्पणीलाई नेपालले पनि मनन गर्नु आवश्यक भएको छ कि यसरी नै शरणार्थीहरूलाई बस्ने अवसर उपलब्ध गराइयो भने यस क्षेत्रका सारा चरमपन्थीहरू नेपालमा प्रवेश गर्नेछन् र नेपाललाई पनि विश्वमै बद्नाम गराउनेछन् । रोहिंग्या शरणार्थीको नेपाल आगमनलाई कठोरतापूर्वक रोक्नुपर्छ ।






सरकार लेनभन्दा बाहिर जान पाउँदैन
नेपालमा पहिलो ‘कमेडी एक्ट’ रियालिटी
कांग्रेसको १५औँ महाधिवेशनको मिति तलमाथि
कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः
‘प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रस्ताव
पाल्पामा पर्यटकीयस्थलहरुको प्रचार– प्रसार गर्न