पर्सा । वीरगन्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले दुईवटा ट्याङ्करसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतबाट आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट सौदागर आयल सेन्टरमा अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार ट्याङ्करमा जडान गरिएको सिललाई फलामको पाइपको हुक प्रयोग गरेर उचाल्दै तेल चोरी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट सात जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सौदागर आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखामा कार्यरत २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, साथै ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएका दुवै ट्याङ्कर नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि